राष्ट्रियसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ९८ प्रतिशत मतदान सकियो

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य चुन्नका लागि जारी मतदानमा दिउँसो १ बजे भन्दा अगाडिसम्म ९८ प्रतिसत मतदान सकिएको छ । अब दश भोट मात्रै खस्न बाँकी रहेको छ ।लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार प्रदेशसभा तर्फका दुई जना र स्थानीय तहत र्फका आठ जना मात्रै अब मतदानका लागि बाँकी रहेका छन् ।

घोराही उपमहानगरपालिका-१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङगणमा रहेको मतदान केन्द्रमा बिहान नौं बजेपछि सुरु मतदान दिउँसो १ बजे अघि नै लगभग अधिकाँस मत खसिसकेको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा गरि कुल एक सय नौं स्थानीय तहका दुई सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्यसमेत गरि कुल तीन सय पाँच जना मतदाता छन् ।

राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ९८ प्रतिशत मत खसेको छ । ३०५ मतदाता मध्ये २९८ मत खसेको छ । प्रदेश सभा सदस्य ८७ मध्ये ८५ जका नाले मतदान गरेका छन् भने स्थानीय तह २१८ मतदाता मध्ये २१३ जनाले मतदान गरेका छन् । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । अब टाढाका मतदाता आउन बाँकी रहेको छ ।

सुरुमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पहिलो मतदान गरेका थिए । निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले मतदानमा सहजताका लागि दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको बताउनु भयो ।

मतदान केन्द्र (क) मा प्रदेश सभा सदस्य र मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको छ । अन्य तर्फ एक जना र महिला तर्फ एक जना गरि दुई सिटका लागि ६ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

गठवन्धनका तर्फबाट महिला कोटामा नेपाली काँग्रेसकी विष्णुदेवी सापकोटा, नेकपा एमालेबाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिंह प्रतिष्पर्धामा छन् भने अन्य कोटामा गठवन्धनबाट नेकपा माओवादीका झक्कु सुवेदी, एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बाल गोविन्द चौधरी प्रतिष्पर्धीमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?