दार्चुलाबाट डिजिटल वित्तीय साक्षरता सुुरु

Read Time = 6 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ गरेको छ । दार्जुलाको सदरमुकाम खलंगामा शुक्रबार आयोजित एक कार्यक्रमबीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको हो । सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको भन्दै डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न कार्यक्रम सुरुवात गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्युआरबाट मात्रै एक महिनामा ४२ लाखभन्दा बढी कारोबार भएको पाइएको छ । यो आपैंmमा उत्साहजनक अवस्था हो । डिजिटल कारोबारलाई थप प्रोत्साहित गर्न हामीले डिजिटल वित्तीय साक्षरता कार्यक्रमको सुरुवात गरेका हौँ ।’

डिजिटल कारोबारलाई पारदर्शिताका मेरुदण्ड भन्दै गभर्नर अधिकारीले डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउनुभएको छ ।

डिजिटल कारोबारलाई ‘पारदर्शिताका मेरुदण्ड’को संज्ञा दिँदै गभर्नर अधिकारीले डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउनुभयो । नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्र विकासका लागि विद्युतीय भुक्तानीलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो । डिजिटल कारोबारमा आउन सक्ने जोखिमप्रति सचेत रहनसमेत उहाँले आग्रह गर्नुभयो । सो अवसरमा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले डिजिटल वित्तीय साक्षरता कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पार्नुका साथै नेपालमा विद्युतीय भुक्तानी कारोबारको वर्तमान अवस्था र सूचकबारेमा समेत उहाँले जानकारी दिनुभयो । गभर्नरको कार्यालयका निर्देशक अजित रेग्मीले एक कार्यपत्र प्रस्तुत गर्दै डिजिटल वित्तीय साक्षरताको सान्दर्भिकता, आधारभूत पक्ष, नेपालमा उपलब्ध डिजिटल वित्तीय सेवा, फाइदा, कारोबारमा अपनाउनुपर्ने सावधानीलगायतका विविध पक्षबारे चर्चा गर्नुभयो । कार्यक्रममा वाणिज्य बैंकका सुदूरपश्चिम क्षेत्रका प्रदेश प्रमुख, दार्चुलास्थित बैंक तथा वित्तीय संस्था, दार्चुला उद्योग वाणिज्य संघ, कृषि ज्ञान केन्द्र, स्थानीय सहकारी संस्थाका प्रतिनिधि र विद्यार्थीसहित सयभन्दा बढीको सहभागिता थियो ।

विद्युतीय भुक्तानी कारोबारलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा यससम्बन्धी नीतिगत व्यवस्थालाई अवलम्बन गर्दै आएको छ । आर्थिक वर्ष २०७९÷०८० को मौद्रिक नीतिमा चालु आर्थिक वर्षलाई ‘विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्ष’ का रूपमा मनाउन आवश्यक संस्थागत समन्वय गरिनेसमेत उल्लेख छ ।

यसैबीच गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्था, दार्चुला उद्योग वाणिज्य संघ र कृषि ज्ञान केन्द्र दार्चुलाका प्रतिनिधिसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरी विविध विषयमा छलफल गर्नुभएको छ । उहाँले सुदूरपश्चिम प्रदेशस्थित वाणिज्य बैंकका प्रदेश प्रमुख र दार्चुलास्थित बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखसँग वित्तीय कारोबारको प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

त्यसैगरी उद्योग वाणिज्य संघका पदाधिकारीसँगको छलफलमा उहाँले दार्चुला जिल्लाको उद्यम/व्यवसाय, भारु कारोबार र बैंक तथा वित्तीय संस्थाको सेवाबारे चासो व्यक्त गर्नुभएको थियो । कृषि ज्ञान केन्द्रका प्रतिनिधिसँगको छलफलमा गभर्नर अधिकारीले दार्चुला जिल्लामा व्यावसायिक कृषिको विद्यमान अवस्था, सम्भावना, कृषि कर्जा तथा ब्याज अनुदान र कृषि क्षेत्र प्रवद्र्धनका भावी सम्भावनाका विषयमा जानकारी लिनुभएको राष्ट्र बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?