प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आज केही प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ ।

महाशाखाका अनुसार शनिबार पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?