चितवनमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । चितवनको कालिका नगरपालिका-७ गैंडाखोलामा गएराति बोलेरो जीपको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय मीन बहादुर विश्वकर्मा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

ना ३ च ७१७८ नम्बरको बोलेरो जीपले पैदल हिंडिरहेका विश्वकर्मालाई गएराति सवा २ बजे ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?