लागुऔषधसहित ३ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागु औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले विभिन्न स्थानबाट उनीहरुलाई लागु औषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीले त्रियुगा नगरपालिका-१३ को जोगीपोखरीका २४ वर्षीय आइस अधिकारीले घरमा लुकाइ-छिपाइ राखेको ३९ एम्पुल प्रतिबन्धित लागु औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

लागुऔषध बिक्री वितरणमा संलग्न भएको सूचनाको आधारमा खटेको जिल्ला प्रहरी कार्यालयको विषेश टोलीले अधिकारीलाई घरमा लुकाइछिपाइ राखेको डाईजोपाम ५ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाइजेल्याव ९ एम्पुल, बुप्रिनोर्फिन ९ एम्पुल र फेनार्गन १० एम्पुल लागु औषधसहित पक्राउ गरेको जनाएको छ ।

त्यसैगरी त्रियुगा नगरपालिका-११ का ३५ वर्षीय राजकुमार राईलाई पनि प्रहरीले लागू औषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । उनलाई लागू औषधसहित पक्राउ परेका अभियुक्तको बयानका आधारमा पक्राउ गरिएको हो । त्रियुगा नगरपालिका-३ स्थित त्रियुगा बसपार्कबाट विभिन्न तीन किसिमका लागु औषधसहित त्रियुगा नगरपालिका-१० बोक्सेका ३४ वर्षीय विकास राई पक्राउ परेका थिए ।

बसपार्कमा हिडि रहेका राई माथि शंका लागेर चेकजाँच गर्दा ४२ एम्पुल (थान) लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । उनको साथबाट डाइजेपाम १४ एम्पुल, बुप्रिनोर्फिन १४ र फेनार्गन १४ गरी ४२ एम्पुल बरामद गरेको थियो । उनीहरुलाई म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिनुभयाे ।

उनीहरुलाई लागू पदार्थ कारोबार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी ज्ञानेन्द्र फुयाललले जानकारी दिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?