ट्वीटरले हटायो आधा कर्मचारी

हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । विश्वका धनाढ्य एलन मस्कले लिएपछि ट्विटरले आफ्ना ७ हजार ५ सय कर्मचारीमध्ये आधालाई हटाएको छ । कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको समाचार संस्था एएफपीले जनाएको हो ।

मस्कले लागत घटाउनको लागि ट्विटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए । यसअघि ट्विटरका एकमात्र निर्देशक र सीईओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् ।

मस्कले अक्टोबर २८ मा ट्वीटरको ४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व लिएका थिए । स्वामित्वमा लिएपछि मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?