प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ ।

साताको दोस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा ०.२६ अंक घटेर १८५१.१७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। अघिल्लो कारोबार दिन सोमबार २३.१६ अंक घटेर १८५१.४३ विन्दुमा बन्द भएको थियो ।

मंगलबार प्रि-ओपन सेसनमा ६५५ कित्ता सेयर किनबेच हुँदा २ लाख १४ हजार ७४६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ । सो सेसनमा ५ स्टकको मूल्य बढेको छ भने ७ स्टकको मूल्य घट्दा बाँकी ४ स्टकको मूल्य स्थिर रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?