लसएन्जल्स । अमेरिकी र्यापर कान्ये वेस्टले आफूले एक महिनासम्म कुराकानी र सेक्स गर्न छोड्ने घोषणा गरेका छन् । उनले यो अवधिमा एडल्ट फिल्म हेर्ने, मदिरा पिउने कामलाई त्याग्ने घोषणा गरेका हुन् ।
४५ वर्षे र्यापरले आफूले वर्बल फास्ट सुरु गर्न लागेकोले यी सबै काम एक महिनाका लागि बन्द रहने बताएका हुन् । उनले ट्वीटरमार्फत ३० दिनसम्म शुद्धिकरणको हिस्साका रुपमा वर्बल फास्टमा जान लागेको उल्लेख गरेका छन् ।
‘म ३० दिनको शुद्धिकरण लिइरहेको छु । एक वर्बल फास्ट । मदिरा हुँदैन । कुनै एडल्ट फिल्म हुनेछैन । कुनै सेक्स हुँदैन । एक महिनासम्म कसैसँग बोल्ने छैन । भगवानको प्रार्थना गर्नेछु । तर मेरो ट्वीटर अहिले पनि आगो लगाइरहेको छ’, उनले ट्वीटेका छन् ।
गत महिना कान्येलाई यहुदी विरोधी ट्वीट गरेपछि ट्वीटरले निलम्बन गरेको थियो । तर ट्वीटरका नयाँ मालिक एलोन मस्कले गत साता उनको ट्वीटरलाई फुकुवा गरेका थिए ।
-एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच