खुला व्यायामशाला निर्माणका लागि स्थान पहिचान गरिदिन आग्रह

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले खुला व्यायामशाला बनाउनका लागि काठमाडौं महानगरपालिका-३, ४ वा ८ मा खुला स्थान पहिचान गरी आवश्यक प्रक्रिया मिलाइदिन अनुरोध गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र राजदूत गोडेरबीच भएको भेटका क्रममा उहाँले यस्तो अनुरोध गर्नुभएको हो । कामपाले सार्वजनिक जग्गाको संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवद्र्धन गर्ने नीतिका रूपमा लिएको भन्दै कामपाकी उपप्रमुख डंगोलले गोडेरले राख्नुभएको प्रस्ताव स्वागतयोग्य रहेको बताउनुभयो ।

भेटका क्रममा राजदूत गोडेरले यसअघि कामपासँग भएको सहकार्य प्रयास कार्यान्वयन गर्न नसकिएको बताउँदै यसपटक शहरी स्वास्थ्यका लागि खुला व्यायामशाला बनाउने कार्यक्रम सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो । इजरायलले नेपाली किसानका लागि तर्जुमा गरेको आयमा आधारित सीप विकासका कार्यक्रमलाई नतिजामुखी बनाउन आफूले प्रयास गरिरहेको राजदूत गोडेरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?