राष्ट्रपति भण्डारी आज आइसल्याण्ड जाँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज जनगणतन्त्र आइसल्याण्ड भ्रमणमा जाँदै हुनुहुन्छ ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।

१७ जना प्रतिनिधिमण्डलको टोलीसहित आज साँझ ६ बजे राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान गर्ने कार्यतालिका छ ।

विश्वभरका महिला नेताहरूको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलका आयोजनामा हुने ८–१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उहाँ आजआइसल्याण्ड प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

डब्लूपीएलले भण्डारीलाई यो वर्षको डब्लूपीएल ट्राइलब्लेजर अवार्ड पनि प्रदान गर्नेछ । उहाँ कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । कात्तिक २६ गते राष्ट्रपति भण्डारी स्वदेश फर्कने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?