प्रचण्ड र माधव नेपालले देशमा साम्प्रदायिक हिंसा भड्काउँदै छन्ः ओली

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाउनुभएको छ ।

बिहीवार भक्तपुरमा नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कोशी प्रदेशमा दाहाल र अध्यक्ष नेपालले जनजातिहरु भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाउनु भयो । उहाँले कोशी प्रदेशमा आन्दोलन गर्नेहरुमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालका कार्यकर्ताहरु रहेको उल्लेख गर्नुभयो । उहाँले द्वन्द्व भड्काउनका लागि दाहाल र नेपालले कार्यकर्ताहरु भिडाउने काम गरेको भन्दै नेकपा एमालेले द्वन्द्व मच्चिन नदिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन् । उहाँहरुले साम्प्रदायिकता, उफ्रेका को छन् भन्दा राई, किराँत, लिम्बू भन्ने साथीहरु उफ्रिएका छन् । उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, मनाधवकुमार नेपाल । यी बाहुनले नुवकोटमा हुन्छ एउटा खेल साढे जुधाउने भन्ने । ती साढेको केही दुष्मनी नै छैन । भेटेको पनि होइन, कहिल्यै । आफ्नो आफ्नो थलोबाट ल्याएर अखडामा भिडाउँछन् । अरु छेउमा बसेर तालि बजाउँछन् । प्रचण्ड र माधव नेपालहरु त्यसै गरेर नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन्, त्यो कुरा हुन दिँदैन । नेपाली लड्नु हुँदैन । जनजातिका नाममा यी बाहुनले लडाएको हेर्नु त । जनता किन भिडाउनु हुन्छ । शासनमा बस्ने यस्ता विषयलाई ख्यालख्याल सोचिरहेका छन् । सजग हुनुपर्छ ।’

अध्यक्ष ओलीले सरकारले सुन तस्करीमा आफै संलग्न रहेको प्रमाणसँगै ट्याक्सीमा भएका अभियुक्तलाई भगाएर प्रमाणित गरेको बताउनु भयो । उहाँले सुन पक्राउ गर्ने क्रममा सँगै ट्याक्सीमा रहेका हर्कबहादुर राईलाई बोलाएको बेला हाजिर हुनु भनेर सुन जम्मा पारिएका स्थानबाट अन्य व्यक्तिहरुलाई भगाउन लागेको बताउनु भयो । उहाँले सुन तस्करी प्रकरणलाई लुकाउन गिरिबन्धु टि स्टेटमा आफ्नो संलग्न हुँदै नभएको कुरालाई झिकेर जनतामा भ्रम छर्ने काम भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज राजधानी भन्ने एउटाले सुवासचन्द्र नेम्वाङ र केपी ओलीको बीचमा खटपट यसो उसो भनेर भनेछ । हिजो हामी छलफल गर्दै थियौँ, हिजो हामीले एउटा आयोग बनायौँ, उच्चस्तरीय आयोग बनाउने निर्णय ग¥यौं । त्यसले एक महिना पछि मात्रै काम थाल्छ, त्यो भन्दा अघि काम थाल्दा सत्ता पक्ष डरायो । किन डरायो त्यो उ जानोस् । एक महिना पछि मात्रै काम थाल्ने गरी नत्र भने कुनै हालतमा पनि आयोग नबनाउने । एक महिनाअघिदेखि हामीले माग्यौँ । आयोग बनाउ, हुँदैन भने, कहिले गठबन्धन, कहिले, काँग्रेस केन्द्रिय समिति, माओवादी त झन हुँदै हुँदैन भन्छ, प्रतिपक्षलाई बोल्न दिँदैन । एमाले संसद अवरोध गर्न चाहँदैन । चलोस् भन्ने चाहन्छ, तर देशमा आगो लगाइरहने, भ्रष्टाचार गरिरहने, संसद चलाइरहने, भ्रष्टाचार पनि भम पार्ने, तस्करी पनि लुँड्याइराख्ने, छानबिन गरौँ भन्दा हुँदैन भन्ने । एक क्विन्टल सुन तस्कर परेको थियो, ट्याक्सीमा । एयरपोर्टमा होइन बाहिर । ल्याउने लाने गरेको ड्राइभर साथैमा छ । मेरो सामान भनेर बुझ्न जाने हर्कबहादुर राई त्यही ट्याक्सीम छ । राजश्व अनुसन्धान विभागमा पु¥याएर एक क्वीन्टल सुनसमेत पक्राउ परेका अभियुक्तहरु उहाँ लगेर फरि खोजिका बखत हाजिर हुन्छु भनेर छोडे । किन छोड्यो, के भनेर छोड्यो, छिटो जाउ, सबलाई खबर गर, सामान लुकाउ, मान्छे भगाउ, तीन दिनपछि फेरि समात्छौँ । त्यसरी दुई जनालाई पठाए । अनुसन्धानले त्यसरी छोड्छ, अनुसन्धान भनेको त्यस्तै हुन्छ । सय केजी ६१ मा झरेको छ । यति मजाक गरिरहन, भ्रष्टाचारको यसकुरालाई लुकाउन गिरिबन्धु टि स्टेट खायो केपीले भने । छ झापामा गिरिबन्धुको हो, मेरो होइन, मैले के गर्नु त छ भने ।’

अध्यक्ष ओलीले अहिले नै उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धान थाल्ने कुरामा सरकार तयार हुन नसकेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?