एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहित बहुमत सदस्य एमालेमा फर्किए

Read Time = 4 mins

जुम्ला । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी जुम्ला अध्यक्षसहितको बहुमत सदस्य एमालेमै फर्केका छन् । एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुवै‌जनाले संयुक्त विज्ञप्ति निकालेर कार्यसमिति एक भएको घोषणा गरेका हुन् ।

एकीकृत समाजवादी जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेले दुई पार्टीका जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर कार्यसमिति समायोजन भएको बताउनु भयो । उहाँले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको कुनै औचित्य नहेको बताउनु भयो । उहाँले बहुमत सदस्यसहित सबै एमालेमै फर्केकाले मंसिर ४ मा हुने निर्वाचनमा एमालेलाई पहिलो बनाउने बताउनु भयो ।

स्थानीय तहका जनप्रतिनिधिबाहेक अधिकांश नेता कार्यकर्ता एमालेमै फर्किन लागेको एक नेताले जानकारी दिनुभयो । एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन भएपछि एकीकृत समाजवादीको सबैभन्दा धेरै प्रभाव जुम्लामा परेको थियो।

एकीकृत समाजवादीको उच्च तहको नेतृत्वमा रहेका नेता कार्यकर्ताले विद्रोहको औचित्यतामाथि प्रश्न उठाएर पार्टी एकताको बहस चलाएपछि बहुमत कार्यकर्ता एमालेमा फर्किन राजी भएको एमालेका अध्यक्ष शान्तिलाल महतले बताउनु भयो । पार्टी एकतापछि जुम्लामा एमाले बलियो हुने उहाँको दाबी छ । एमालेबाट प्रतिनिधिसभा उम्मेदवार रतननाथ योगी हुनुहुन्छ । प्रदेश (क) मा धिरेन्द्रराज गिरी र प्रदेश (ख) मा टेकराज पछाई उम्मेदवार बन्नुभएको छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तीर्थ बुढाले पार्टीको जिल्ला कार्यसमिति यथावत् रहेको बताउनु भयो । उहाँले बहुमत सदस्यसहित सबै एमालेमै फर्केको हल्ला मात्रै रहेको दाबी गर्नुभयो ।

एकीकृत समाजवादीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरूलाई निष्कासनको घोषणा गरेको छ । पार्टी महासचिव वेदुराम भुसालले सोमबार जारी गरेको विज्ञप्तिमा नेताहरू देवीलाल थापा, आदिप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ । जुम्ला पार्टीको जिल्ला कार्यसमितिको सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी पार्टी केन्द्रीय सदस्य तीर्थबहादुर बुढालाई प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।

sd 1

sd 2

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?