स्याङ्जामा बिपी कांग्रेसका उम्मेदवारद्वारा राजु र कुमारलाई समर्थन

हिमालय टाइम्स
Read Time = 2 mins

युवराज पौडेल/हिटा
स्याङ्जा । स्याङ्जामा नेपाली कांग्रेस बिपीका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी त्याग गरेका छन् । स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि बिपी कांग्रेसबाट आँधीखोलाका नेता प्रदीप पौडेलले र सोही पार्टीबाटै प्रदेशसभाको समानुपातिकतर्फ जगतबन्धु पोखरेलले उम्मेदवारी दिनुभएको थियो ।

बिपी कांग्र्रेसका दुवैजना उम्मेदवारले कांग्र्रेसका क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु थापालाई र प्रदेशसभा सदस्यका उम्मेदवार कुमार रानालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी त्याग गरेको घोषणा गर्नुभएको छ ।

आँधीखोला कांग्रेसका जीवित इतिहास भनेर चिनिने प्रदीप पौडेलले आफूले पार्टीमा दुःख गरेका नेतालाई सम्मान गर्ने प्रवृत्ति स्थापित होस् भनेर नैतिक दबाब सिर्जना गर्नमात्र उम्मेदवारी दिएको बताउनुभयो । कांग्रे्रेस आफ्नो जीवनकै लगानी भएकाले पार्टीलाई घात गर्न नसक्ने बताउँदै उम्मेदवारी त्यागको घोषणा गर्नुभएको हो । उहाँहरू दुवैले कांग्रे्रेसका उम्मेदवारद्वय थापा र रानालाई समर्थन र सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

आइतबार साँझ एक विज्ञप्तिमार्फत् पौडेल र पोखरेल दुवैले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको हो । पुतलीबजार-३ हरिपाला निवासी पोखरेलले बिपी कांग्रेस त्यागेर नेपाली कांग्रे्रेसमा नै समाहित भएको घोषणा गर्नुभएको छ । उहाँ बिपी कांग्रेसको केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?