नेपाललाई सात स्वर्ण र तीन रजत

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भारतको गोवामा भएको एसकेआइए अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपालले सात स्वर्ण र तीन रजत जित्दै टिम उपविजेता बनेको छ । टोलीको सहभागिताको समन्वयकर्ता सुमन तिम्सिनाका अनुसार राज तामाङ र बृषा गुरुङले दुई-दुई तथा सोनम बोहरा, लक्ष्मण तामाङ र सम्झना चौलागाईंले एक-एक स्वर्ण जित्नुभयो ।

दशरथ तामाङले दुई तथा सुशान्त तामाङले एक रजत हात पार्नुभयो । नोभेम्बर ५ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा भारत टिम च्याम्पियन बन्यो भने बंगलादेश तेस्रो भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?