दीपेन्द्रको वरीयता सुधार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरीको आइसिसी टी-ट्वान्टी ब्याटिङतर्फको वरीयतामा एक स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो ।

नयाँ वरीयतामा दीपेन्द्र ५८औँ स्थानमा रहनुभएको छ । ब्याटिङतर्फ कुशल भुर्तेल ५४औँ स्थानमा यथावत् रहनुभएको छ । दीपेन्द्रको अलराउण्डरतर्फको वरीयता भने एक स्थान घटेको छ । नयाँ वरीयतामा दीपेन्द्र १४औँ स्थानमा झर्नुभएको छ । यसअघि उहाँ १३औँ स्थान रहनुभएको छ ।

बलिङतर्फ सन्दीप लामिछाने भने २ स्थान सुधार गरेर ७०औँ स्थानमा रहनुभएको छ । ब्याटिङतर्फ भारतका सूर्यकुमार यादव शीर्षस्थानमा रहनुभएको छ । बलिङमा श्रीलंकाका वानिन्दु हसरंगा शीर्षस्थानमा रहँदा अलराउण्डरतर्फ भने शाकिब अल हसन शीर्षस्थानमा रहनुभएको छ । टी–ट्वान्टी वरीयतामा नेपाल १६औँ स्थानमा यथावत् रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?