न्युजिल्याण्डलाई पराजित गर्दै पाकिस्तान विश्वकप क्रिकेटको फाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

सिडनी । पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई सात विकेटले हराउँदै पाकिस्तान फाइनलमा प्रवेश गरेको हो ।

सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो पटक टी-२० विश्वकपको फाइनल पुगेको हो । सन् २००७ मा भएको पहिलो संस्करण फाइनलमा भने पाकिस्तान भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो । अब पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल आज (बिहीबार) हुँदैछ । न्युजिल्याण्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले १९ ओभर एक बलमा तीन विकेट गुमाएर पूरा ग¥यो । पाकिस्तानको जितमा मोहमद रिजवानले ५७ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । यस्तै कप्तान बाबर आजमले ५३ रनको अर्धशतकीय इनिङ खेल्नुभयो ।

मोहमद हरिसले ३० रन जोड्दा शान मसुदले अविजित दुई रन बनाउनुभयो । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा चार विकेट गुमाएर १५२ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि ड्रयाल मिचेलले अविजित रहँदै सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । कप्तान केन विलियम्सनले ४६ रन बनाउनुभयो । पाकिस्तानका शाहिन शाह अफ्रिदीले दुई विकेट लिनुभयो । मोहमद नवाजको नाममा एक विकेट रह्यो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?