हुम्लामा चिसो बढ्यो

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । जिल्ला हुम्लामा चिसो बढ्दै गएको छ । दिउसो न्यानो भएपनि विहान बेलुका चिसो बढ्दै गएको हो । बुधबार रातिबाट जिल्लाको मौसामा फेरवदल आएसँगै बिहिबार विहान आजबाट बाक्लो बादल समेत लागेको छ । विहानैदेखि बाक्लो बादल लाग्दा चिसो बढेको हो ।

उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको उच्च भेगमा हिमपात समेत भएको छ । असिना पानीसहित उच्च क्षेत्रमा हिमपात हुँदा सदरमुकाममा चिसोको महशुस गर्न थालिएको छ भने उत्तरी चाला लगायतको क्षेत्रमा तापक्रम माइनसमा झरेको छ ।

जिल्लामा आज दिनभर घाम नलाग्दा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई चिसोले काम गर्न थप समस्या भएको थियो । यो वर्ष झण्डै एक महिनादेखि विद्युत नहुँदा तिसो समयमा कर्मचाररीलाई काम गर्न चिसाले बढी सताउने भएको हो । हेल्दुम साना जलविद्युत आयोजना विद्युत मर्मत कार्य जारी रहेको छ ।

चिसौ मौसम शुरु भएसँगै सदरमुकामवासीले बाक्लोबाक्लो कपडा लगाउन थालेका छन् । दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्याधिक बढेको यहाँका स्थानीय प्रेम भण्डारीले बताउनुभयो । चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडाको खरिद गर्न थालेको स्थानीय भण्डारीले बताउनुभयो । चिसोको समयमा यहाँ बाक्लो ज्याकेट, ऊनको टोपी, हातमा पञ्जा, गलबन्दीलगायत बाक्लो कपडा खपत हुने गरेको छ ।

सिमकोटमा रहेका पसलमा बाक्लो कपडाको खोजी गर्नेको सङ्ख्या बढ्नुका साथै यहाँका स्थानीयले बाक्लो कपडाको खरिद गर्न थालेका छन् । दिउँसो घाम राम्ररी लागे पनि चिसो हावाको चाप बढ्दै गएको महसुस गरिएको यहाँ बासिन्दाले बताउने गरेका छन् । चिसोको समय शुरु भएसँगै सिमकोटमा बसोवास गर्दै आएका तल्लो गाउँ, माथिल्लो, बजारवासी र कर्मचारी, विद्यार्थीले दाउराको समेत खरिद गर्ने गर्दछन् । एक भारी दाउराको मूल्य सदरमुकाममा रु एक हजारसम्म पर्ने गरेको छ । चिसो याम शुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?