ललितपुर । ललितपुर ३ की माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल अहिले घरदैलोमा हुनु हुन्छ। ०७४ को चुनावमा वाम गठबन्धनबाट उम्मेदवार भई कांग्रेस उम्मेदवार मदन अमात्यलाई पराजित गर्नुभएको भुसाललाई यसपटक कांग्रेसकै साथ र समर्थन छ ।
गठबन्धनको भोट संख्या निकै धेरै भएकोले भुसाल यो क्षेत्रमा सबैभन्दा सुरक्षित छन् । लामो समय ललितपुरमा बसेर राजनीतिक गर्दै आउनु भएको भुसालले यस क्षेत्रको विकास तथा पूर्वाधार निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्नुभएको छ । ललितपुरको सम्पदा संरक्षण, पाटीपौवा निर्माण तथा नेवार समुदायका मौलिक परम्परा जोगाउन भुसालले सहयोग गर्दै आउनु भएको छ । भुसाल चारपटकसम्म मन्त्री र दुईपटक सांसद बनिसक्नुभएको छ ।
यसपटकको चुनावमा भुसालसँग एमाले अमृत खड्का चुनावी मैदानमा हुनु हुन्छ । उहाँ सैंवु गाविसका पूर्वअध्यक्ष पनि हुनु हो । व्यापारिक पृष्ठभूमिका खड्का एमालेको जिल्ला कमिटीमा बसेर काम गर्नुभएको छ । तत्कालीन सैंबु गाविस अध्यक्ष बनेपछि केही समय व्यवसाय र समाजसेवामा बिताउनु भएका खड्काको यो पहिलो उम्मेदवार अनुभव हो । उहाँयसपालि मात्रै प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की पेसाले चिकित्सक हुनु हो । उहाँ राजनीतिमा नयाँ हुनु हो ।
ललितपुर–३ को धेरै भूभाग सहरी, थोरै भूभाग ग्रामीण भेगमा पर्छ । ललितपुर महानगरपालिका– १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडाहरू पर्छन् । यहाँँ मतदाता संख्या ९४ हजार ११६ छ ।
स्थानीय तह निर्वाचनमा हेर्ने हो भने क्षेत्र ३ मा गठबन्धन नै बलियो छ । गएको स्थानीय निर्वाचनमा ललितपुर महानगरको ४, १०, १४, २०, २८ को वडा कांग्रेस विजयी भएको छ । महानगरको २१, २६ र २७ वडा माओवादी केन्द्र विजयी भएको छ भने २ र ३ वडा एकीकृत समाजवादीले हात पारेको थियो । त्यस्तै महानगरको १ र १३ मा स्वतन्त्रले जितेका थिए । ५, १५, १८, २२, २३, २४, २५, २९ मा एमालेले चुनाव जितेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच