धादिङमा बोलेरो दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका-४ टारी स्थित भित्री सडकमा राति बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने चालकसहित पाँच जना घाईते भएका छन् । मृत्यु हुनेमा ज्वालामुखी-४ का ३५ वर्षीय उत्तम अर्यालको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धान पराल बोकेर टारीबाट अर्यालगाउँ तर्फ जाँदै गरेको गा १ ज ५५८० नम्बरको बोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?