रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६ साबिकको बोडबार गाविसमा जन्मिनु भएका अब्दुल रज्जाकको परिचय रुपन्देहीबासीको लागि नौलो होइन । २०३६ सालदेखि नेपाली काँग्रेसको पार्टी सदस्यता लिनुभएका रज्जाक क्षेत्रीय सचिव क्षेत्रीय सभापति महासमिति सदस्य हुँदै जिल्ला सभापति तीन कार्यकाल बनिसक्नु भएको छ । उहाँ २०७० साल रुपन्देही क्षेत्र नम्बर १वाट जित्नुभएका रज्जाक खानेपानी तथा सिंचाई राज्यमन्त्री समेत बन्नुभएको थियो । अहिले केन्द्रीय सदस्य रज्जाक रुपन्देहीमा विकास प्रेमी नेताको रूपमा समेत परिचित हुनुहुन्छ । अर्थशास्त्र विषयमा स्नातक गर्नुभएका रज्जाक केही समय शिक्षक पेसामा समेत संलग्न हुनुभएको थियो । हाल उहाँ रुपन्देही क्षेत्र १ को प्रदेश (ख) वाट उम्मेदवार बन्नुभएको छ । उहाँ संग हिमालय टाईम्स रुपन्देही संबाददाता चन्द्रकान्त खनालले गर्नुभएको कुराकानी:
तपाईं पहिलो प्रतिनिधि सभाको उम्मेदवार हुनुभएको थियो । अहिले प्रदेश सभामा झर्नुको खास कारण के हो?
म प्रतिनिधि सभाको लागि १ नम्बर सिफारिस गरेको थिएँ । मलाई विश्वास थियो मलाई पार्टीले टिकट दिन्छ । २०७० सालमा मैले प्रतिनिधि सभा जितेर ७४ सम्म याे ठाउँकाे धेरै विकास गरेको थिएँ । ७४ को चुनावमा हारे पनि म जनताको घर दैलोमा गएको थिए । त्यस कारणले अहिले जनताले मलाई तपाईँ आउनुहोस् हामी जिताउन छौ भनेका थिए । सबै पार्टीका स्थानीय नेताहरूले मलाई साझा उम्मेदवारको रूपमा अगाडि बढाउन चाहेका थिए । केपी ओलीले संविधान च्यातेका कारणले गठबन्धन बन्न पुग्यो । वास्तवमा जनताले नेपाली काँग्रेस मन पराएका थिए । गठबन्धनलाई निरन्तरता दिनको लागि तालमेल भइरहेको छ । त्यस अनुसार मेरो क्षेत्र माओवादीको भागमा पर्यो । मेरो नाम सिंगल पार्टीको सिफारिस गरेको थियो । पछि प्रदेशमा आयो । अनि धेरै सार्थीहरुले मलाई लड्नको लागि आग्रह गर्नु भयो । सधैँ काँग्रेसको लागि लडेको व्यक्ति आज पार्टीको र साथीहरूको आग्रहमा नै म बाध्यतावश प्रदेशमा चुनाव लडेको हुँ । म विगतमा जित्दा र हार्दा पनि जनताको साथ रहेको थियाे । यहाँका जनताहरू मेरो घरमा आएर निर्वाचनमा जानको लागि आग्रह गरेपछि मैले प्रदेशसभामा उम्मेदारी दिएको हुँ ।
तपाईं पार्टीको निर्देशनअनुसार प्रदेशमा चुनावी मैदानमा हुनहुन्छ । यहाँको एजेन्डा के के छन् ?
मेरो एजेन्डा गठबन्धनको तर्फबाट लोकतन्त्र रक्षा, स्थिर सरकार, संविधानअनुसार कामगर्ने हो । मैले यो क्षेत्रमा जनताको मागअनुसार विकास गर्ने हो । मैले २०७० सालमा जितेपछि यहाँ धेरै काम गरेको छु । अझै यहाँ शिक्षा, स्वास्थ्य सर्वसाधारणको पहुँचमा पुर्यााउनको लागि काम गर्नुपर्नेछ ।
विगतमा म प्रतिनिधि सभाको सदस्य हुँदा मेरो क्षेत्रमा १० वटा पुल, ३ हजार मिटर कालोपत्रे, सिचाई आयोजनाको लागि रोहिणी नदीमा बाँधलगाएत काम भएका थिए । पछि ७४ सालमा चुनाव हारें पनि नेपाली काँग्रेस सरकारमा रहँदा अन्य साना ठुला विकासको लागि पहलगर्ने काम गरेको छु । यहाँका जनताका समस्या मैले उठाउने छु । सडक, सिचाईं, पुल निमार्णको कामलाई मुख्य प्राथमिकतामा राख्ने छु । यहाँको विकास निर्माणको लागि जितेपछि इमानदारीका साथ जनताको सुख दुखमा साथ दिनु पर्छ ।
तपाईंले पहिलो पटक प्रनिनिधि सभा सदस्यका रूपमा जित्दा के-के काम गर्नु भयो ?
मैलै मेरो क्षेत्रमा पर्ने धकधहीदेखी चरगे सम्मको बाटो बनाउने, उत्तरमा चरगेमा तिनवटा पुल बनाएँ । भलुही, रोहिणी, घोडाहालगायत गरी १० वटा पुल बनाएको छु । सिचाई योजनाहरू पनि धेरै ल्याएको छु । मेरो क्षेत्रमा ३ हजार मिटर कालोपत्रे, रोहिणी नदीमा बाँधको काम गरेको छु । शिक्षा क्षेत्रको लागि धेरै काम गरेको छु । यहाँका जनताहरूले म विकास गर्ने नेता हुँ भनेर बुझेका छन् । केही ठुला सडक डिपिआर पनि भएका छन् ती पुरा गर्ने हो । दुई वटा सडक पाल्पासँगै जोड्ने काम हुने छ । स्वास्थ्य क्षेत्रमा पनि धेरै काम भएको छ ।
अव यहाँको एजेन्डा के छ ।
रुपन्देहीको क्षेत्र १ (ख) मा रहेका विद्यालयहरूमा गुणस्तरीय शिक्षा, स्वास्थ्य केन्द्रहरूको स्तर वृद्धि गर्ने, यहाँका सडक सबै टोल/टोल स्तर उन्नती गर्ने, किसानको लागि थप सिंचाइको आयोजना अगाडि बढाउने, कृषिलाई थप व्यवसायीकरण गर्दे यहाँका युवाहरू विदेश जान रोक्ने गरी रोजगारी सृजना गर्ने हो । २०७० देखी ७४ साल सम्म परेका धेरै आयोजनाहरू पछि रोकिएका छन् ती पनि पुरा गर्ने मेरा एजेन्डा हुन्छन् । यस प्रदेशका जनताको माग अनुसार विकासको काम गर्ने छु । अर्कोतिर लोकतन्त्र रक्षाका लागि संविधान कार्यान्वयन गर्ने, कानुनी राज्य अनभुति गर्ने काममा मेरो पहल रहन्छ । वामपन्थी सरकार बन्दा पटक पटक संसद् विघटन भएका छन् त्यो रोक्नेकाम हुन्छ ।
तपाइँ गठबन्धनसँगै उम्मेदवार अगाडि जानु भएको छ । तपाइँले कसरी निर्वाचनको गतिविधिहरू अगाडि बढाइनु भएको छ ?
हाम्रो क्षेत्रमा संघ माओवादीको भागमा परेपछि स्वतन्त्र रूपमा घनश्याम भुसालजी त्रिभुज चुनाव चिन्ह लिएर लडुन् भएको छ । प्रदेशमा (क) यादवजी र (ख) मा म लडेका छौ । यहाँ पार्टीहरू सहकार्य र समन्वयन अगाडि बढेका छन् । हामीले विपक्षीलाई गालीगर्ने भन्दापनि नेपाली जनताको विश्वासमा चलेको पार्टी भएको जनताको घरमा जाने मत माग्ने काम गरेका छौ । गठबन्धन भित्रका सबैको सहकार्यमा आगडि बढेकाछौ।
काँग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत सबै दलहरूको आ-आफ्नो क्षेत्रबाट सहकार्य गरेर क्षेत्र १ मा प्रतिनिधि र दुवै प्रदेश जित्ने गरी आगडि बढेका छौ ।
तपाईंले जित्ने आधार के-के छन्
म पटक पटक उम्मेदवार बनेको नेता हुँ । म चुनाव जिते पनि हारे पनि जनताको घर दैलोमा गएको छु । २०७० देखी ७४ सम्म सकेका विकास निमार्णको काम गरेको छु । ७४ सालमा हारे पनि म अन्यत्र नसरी यहाँका जनताका हरेक सुख दुखमा साथ दिएको छु । यहाँका जनताले मलाई विकास निमार्ण गर्ने नेताको रूपमा बुझेका छन् । अर्कातिर संविधान कार्यान्वयन गर्नमा मेरो भूमिका रहन्छ ।
अन्तमा केही भन्न चाहनुहुन्छ ?
म यहीं जन्में यहीँ हुर्के । यहाँका धरै जनतालाई मेरो बारेमा थाहा छ । म जनताका समस्याप्रति सचेत छु । पार्टीको इमानदार कार्यकर्ता भएको नाताले जनताको काममा सधैँ लाग्ने छु । यहाँको विकास र संविधान कार्यान्वयन गर्नको लागि मलाई यस क्षेत्रका मतदाताले भोट दिएर जिताउनुभयो भने यहाँको विकासका काम आगडि बढाउने छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच