सुजुकीका दुई नयाँ मोडलका गाडी नेपाली बजारमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सुजुकीका दुर्ई एसयुभी जिम्नी र फ्रोन्क्स नेपाली बजारमा भित्रिएको छ । नेपालमा लामो समयदेखि प्रतीक्षा गरिएको सुजुकीका दुर्ई एसयुभी गाडी कम्पनीले सोमबार शोरुममा लन्च गरेको हो । नेपालका लागि सुजुकी चारपांग्रे सवारीसाधनको आधिकारिक बिक्रेता सिजी होल्डिङ्सअन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोक्रप तथा सिजी नेक्स्डजेनले उल्लेखित एसयुभीहरूको बुकिङ असार २९ गतेदेखि नै खुला गरेको थियो । सुजुकी जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँ र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले आक्रामक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरिएको जनाएको छ । कम्पनीका अनुसार पाँच ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक हो । जसको मोडल विश्वभर निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफरोड एसयुभी हो, जुन हेभी-ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ । साथै पर्याप्त बडी एंगल र ग्राउण्ड क्लियरेन्ससाथ डिजाइन गरिएको छ ।

कम्पनीका अनुसार यो एसयुभी एक समर्पित उन्नत फोर हिृवल ड्राइभ प्रणाली, अल ग्रिप प्रोसाथ आउँछ भने ब्रेक लिमिटेड स्लिप डिफरेन्सियल र थ्री लिंक रिजिड एक्सल सस्पेन्सन जस्ता अफरोड सुविधासमेत समावेश छन् । अफरोडका लागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नीमा २२.६८ सेमी स्मार्ट प्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, छ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोललगायत धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधा रहेको कम्पनीको दाबी छ । नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रित एसयुभी हो ।

कम्पनीका अनुसार ‘द फेस अफ न्यु एसयुभी’ भनिएको सुजुकी फ्रोन्क्स आकर्षक र स्पोर्टी देखिन्छ । गाडीमा रहेको अत्याधुनिक प्रविधिले आरामदायी र सुरक्षित अनुभूति प्रदान गर्छ । प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुविधाले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकका लागि सम्पूर्ण माग आपूर्ति गर्नेमा कम्पनी आशावादी देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?