विगतका गल्ती सच्याएर माधव नेपाल एमाले फर्कन सक्छन् : ओली

हिमालय टाइम्स
Read Time = 3 mins

सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग भई एकीकृत समाजवादी पार्टी गठन गर्नुभएका माधवकुमार नेपालले गल्ती सच्याए एमालेमै फर्कन सक्ने बताउनु भएको छ ।

सुर्खेतमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादी अध्यक्ष नेपाललाई विगतमा भएका गल्ती सच्याएर एमालेमै फर्कन सक्ने बताउनु भएको हो ।

एमाले विभाजनपछि ओलीले नेपाललाई एमालेमै फर्कन पहिलोपटक यस्तो बताउनु भएको हो। तत्कालीन नेकपाभित्रको विवाद र एमाले विभाजनपछि नेपालप्रति कटाक्ष गर्दै आउनु भएका ओलीले चुनावको मुखमा नेता नेपाललाई एमालेमा फर्कन आग्रह गर्नुभयो ।

उहाँले एमाले फर्किएमा नेपाललाई महत्वपूर्ण जिम्मेवारी दिनेसमेत बताउनु भयो । तर, यसका लागि विगतमा भएका गल्ती सच्याउनुपर्ने अध्यक्ष ओलीको सर्त छ ।

विगतमा भएका गल्ती सच्याएर एमालेमा आएमा अध्यक्ष नेपाललाई विगतका तिता कुरा बिर्सिएर महत्वतपूर्ण जिम्मेवारी दिन एमाले तयार रहेको ओलीको भनाइ छ ।

अध्यक्ष ओली गठबन्धन सरकार प्रति पनि आक्रोशित हुनु भयो । उहाँले भन्नुभयो, ‘यो चुनाव विशेष अर्थ राख्ने महासंग्राम हो भनेर बुझ्नुपर्छ । गठबन्धन बनेर देशी विदेशी शक्तिहरू एमालेविरुद्ध लागिरहेका छन्, त्यसको विरुद्धमा जनता जाग्न जरुरी छ।’

ओलीले विभिन्न सानातिना स्वार्थीहरूको साँठगाँठको सरकार बनाउने कि सुदृढ सरकार बनाउने ? भन्दै प्रश्न गर्नुभाये। ‘गठबन्धनले बनाएको घोषणापत्र आआफ्नै घोषणा पत्र छ । यदि जितेको खण्डमा कसेको घोषणा पत्र लागू गरेर सकार चलाउँछन्,’ओलीले भन्नुभयो,‘त्यसैले एमालेको एउटै अभियानमा साथ दिनुहोस्, जोडजाड गरेका स्वार्थहरूको सरकार होइन् सुदृढ राष्ट्रिय शक्ति चाहिएको छ, त्यो एमालेले गर्छ ।’

उहाँले यो देशमा जे जे काम भएको छ, त्यो सबै एमालेले गरेको दाबी गरे । गाउँगाउँमा सडकदेखि जेष्ठ नागरिक भत्ता एमालेले सुरु गरेको हो अहिले दिनको १३३ रुपैयाँ दिने पनि एमाले नै भएको उहाँको भनाइ थियो । ओलीले देउवालाई प्रतिपक्ष दलको नेता को बन्ने भन्ने बारेमा सल्लाह गरिराख्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘अब एमालेले बहुमत ल्याउँछ र एमालेको सरकार बन्छ ।’

उनले प्रचण्डलाई राजनीतिक विचौलियाको संज्ञा दिए । उनले यो सरकार म्यादी सरकार भएकाले यसको पनि म्याद सकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?