जेरुसेजम । इजरायलका वरिष्ठ राजनीतिज्ञ तथा पूर्वप्रधामन्त्री बेन्जामिन नेतान्याहुले सरकार गठनका लागि म्यान्डेट प्राप्त गरेका छन् । चार वर्षमा पाँचौ पटक भएको नोभेम्बर १ को चुनावले बेन्जामिन नेतान्याहु र उनका अति दक्षिणपन्थी सहयोगीले १२० सिटको संसदमा स्पष्ट बहुमत प्राप्त गरेको थियो ।
‘मैले तपाइ बेन्जामिन नेतान्याहुलाई सरकार गठनका लागि नियुक्त गर्ने निर्णय गरको छु’, राष्ट्रपति इज्याक हर्जोगले जेरुसेलमा आयोजित एक कार्यक्रममा भने ।
म्यान्डेट स्वीकार गर्दै ७३ वर्षीय नेतान्याहुले सम्पूर्ण इजरायलीलाई सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । ‘मलाई मतदान गर्ने र नगर्ने दुबैलाई सेवा गर्नु मेरो दायित्व हो’, उनले भनेका छन् । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच