कांग्रेसले गर्‍यो पाँच बागी उम्मेदवारलाई कारबाही

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने पाँच जनालाई कारबाही गरेको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिएको भन्दै पाँच जनालाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा कांग्रेस हुम्लाका महासमिति सदस्य मङ्गलबहादुर शाही, बाराका महाधिवेशन प्रतिनिधिद्वय रविन्द्रप्रसाद (रोशन) यादव, वीरेन्द्रप्रसाद यादव, क्रियाशील सदस्य धर्मेन्द्रप्रसाद यादव र जिल्ला सदस्य राम एकवालप्रसाद यादव रहेका छन् ।

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले कांग्रेसको विधान बमोजिम पाँच वर्षका लागि सदस्यसमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिइएको जानकारी दिनुभयो । कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र आधिकारिक उम्मेदवारलाई असहयोग गरेका नेता तथा कार्यकर्ताको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरेको छ ।

newskarkahna-news398490 (1)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?