सिमकोट गाउँपालिकाले २०८१ का लागि शैक्षिक क्यालेन्डर प्रकाशन गर्ने

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले २०८१ का लागि शैक्षिक क्यालेन्डर प्रकाशन गर्ने भएको छ । सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकिय शुवास आलेको संयोजकत्वमा शैक्षिक क्यालेण्डर निर्माण समिति गठन गरिएको हो । बैठकले २०८१ बैशाख १ गते पालिका भित्र रहेका प्रत्येक विद्यालयमा पुग्ने गरी क्यालेन्डर प्रकाशन गरिने भएको छ । गाउँपालिकामा २१ व्टा सामुदायिक र चारवटा निजी गरी २५ वटा विद्यालय रहेका छन् ।

गाउँपालिकाले शैक्षिक सत्र २०८१ को शैक्षिक कार्यक्रम र अतिरिक्त क्रियाकलापको कार्यक्रम समेटेर वार्षिक शैक्षिक क्यालेण्डर सार्वजनिक गर्ने तयारी गरीरहेको शिक्षा शाखा प्रमुख कृष्ण आर्चायले बताउनुभयो । चैत महिना भित्र सबै तयारी पुरा गरी वैशाख १ गते सबै विद्यालयमा पुग्नेगरी प्रकाशन गरिने भएको छ ।

शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आवश्यक एकाइ योजना, पाठयोजना तथा अतिरिक्त क्रियाकलाप समेटेर शैक्षिक क्यालेन्डर निकाल्ने भएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख आचार्यले बताउनुभयो । बार्षिक शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप, पालिकास्तरीय कार्यक्रम र पालिका भित्रका विद्यालयको तस्वीर र विभिन्न शिक्षा सम्बन्धी जानकारी समेटिएको शैक्षिक क्यालेण्डर प्रकाशन हुने भएको हो । यस्तै बाल दिवसको अवसर पारेर माध्यामिक तहका लागि बक्तीत्व कला, आधारभुत तहका लागि नृत्य समेटिएको क्यालेन्डर प्रकाशन हुने भएकोछ ।

विद्यालयको कक्षा कोठाभित्र र बाहिरका क्रियाकलाप सञ्चालन गर्न, योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्न सजिलो बनाउन क्यालेन्डर बनाएको गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?