डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वाेच्चको आदेश

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ललितपुर ३ की स्वतन्त्र उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी कामय रहने भएको छ । उहाँको उम्मेदवारीविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्च अदालतले उहाँको उम्मेदवारी कायम रहने आदेश दिएको हो ।

उहाँको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले कार्कीको उम्मेदवारी निरन्तरता राख्न आदेश दिएको हो ।

यसअघि सर्वोच्चले कार्कीको उम्मेदवारी कायम राख्न अल्पकालीन आदेश दिएको थियो । उक्त आदेशविरुद्ध पनि आयोगले सर्वोच्चमा निवेदन दिएको थियो । तर, सर्वोच्चले डा कार्कीको उम्मेदवारी कायम राख्न आदेश दिएको हो ।

मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो ।

त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भएको हो । कार्कीको क्षेत्रमा  सत्ता गठबन्धनकी पम्फा भुसाल र एमालेबाट अमृत खड्का पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?