भुसाल र छविलाल : पहिले सहयात्री अहिले प्रतिस्पर्धी

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 10 mins

रुपन्देही । एउटै पार्टीमा बसेर तीन दशक बढी सहकार्य गरेका नेता हुनुहुन्छ, घनश्याम भुसाल र छविलाल विश्वकर्मा ।
विद्यार्थीकाल देखि राजनीतिकमा होमिएका भुसाल एमालेको उपमहासचिव सम्म चुनिनु भएको थियो । एमालेको पछिल्लो महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजित हुँदा विश्वकर्मा भने केन्द्रिय सचिवमा निर्वाचित हुनुभएको छ ।

यी दुई नेताको सम्बन्ध सुमधुर छ । अहिलेसम्म एक अर्कालाई आक्षेपमा उत्रिनुभएको छैन। विश्वकर्मा खेलाडी पृष्ठभूमिबाट राजनीतिमा आउनु भएको नेता हो । उहाँ भविबलका पूर्व खेलाडी हुनुहुन्छ । तीक्ष्ण क्षमता भएका भुसाल बामपन्थी बैचारिक नेता मानिनुहुन्छ ।

‘दुर्भाग्य नीति एउटाको नेतृत्व अर्कैको हुँदा लामो इतिहास बोकेको राम्रो र बामपन्थी पार्टी नीतिविनाको हुँदै गयो’, निर्बाचनको क्रममा रुपन्देहीको रोहिणीमा घरदैलोमा भेटिएका भुसालले भन्नुभयो ।

उहाँले झलनाथ खनाल पार्टी अध्यक्ष हुँदासम्म एमालेमा नीति र नेतृत्व ठीक भए पनि ओली पार्टी अध्यक्ष भएपछि नीतिभन्दा नेतृत्व हावी हुँदा एमाले सही ट्रयाकमा हिंड्न नसकेको वताउनु भयो । एमाल परित्याग गर्नु भएका एमाले स्थायी कमिटी सदस्यसमेत रहेका भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यकालागि स्वतन्त्र उम्मेदवारी दिएर चुनाबी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँलाई सत्ताघटक दलहरुले समर्थन गरेका छन् । भुसाल त्रिभुज चुनाव चिन्ह लिएर मैदानमा आउनु भएको छ ।

यही निर्वाचन क्षेत्रबाट उहा भुसालसँग एमालेमा रहँदा तीनदशक बढी सहकार्य गर्नुभएका एमाले सचिव विश्वकर्मालाई एमालेले उम्मेदवार बनाएको छ । तीन दशकलामो मित्रता उनीहरुबीच प्रतिस्पर्धीका रुपमा देखिएको छ । बैचारिक एवं माक्र्सवादका ब्याख्याता नेता भुसाल र विश्वकर्मा आमनेसामने हुँदा कसले निर्वाचन जित्ला भन्ने विभिन्न अड्कलबाजी सुरु भएका छन् । तर, भुसालले पछिल्लो समयमा राम्रो जनमर्थन पाउनेु भएको कारण उत्साहित देखिनु भएको स्थानीयको भनाई छ ।

भुसाल रुपन्देहीको तिलोत्तमा निवासी हुनुहन्छ भने विश्वकर्मा बुटवल उपमहानगरपालिका निवासी रहनुभएको छ । २०७४ को निर्वाचनमा भुसाल क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित हुँदा विश्वकर्मा क्षेत्र नम्बर एकबाट निर्वाचित हुनुभएको थियो ।

त्यति बेला बामगठबन्धन भएकाले उहा दुबैलाई सहज जित निकाल्नु भएको थियो । २०३८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका भुसालपूर्व कृषिमन्त्री हुनुभएकाे थियाे। विश्वकर्मा खेलाडी जीवनबाट २०४६ पछि एमालेमा लागेका नेता रहनुभएको छ । उहाँ पनि पूर्व कृषिमन्त्री भैसकेका नेता हुनुहुन्छ । विश्वकर्मा एमाले राजनीतिमा आएपछि भुसाल र उहाँकोे सम्बन्ध राम्रो रहेको छ ।

२०५३ मा एमालेका तत्कालीन सांसद धनपति उपाध्यायको निधन पछि भएको उपनिर्वाचनमा भुसाल भैरहवा क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । भुसाल विश्वकर्मा भन्दा एक दशक पहिलाबाट नै राजनीतिमा सक्रिय रहँदै आउनु भएका नेता हुनुहुन्छ । भुसालले विभिन्न आन्दोलनमा हेमिँदै गर्दा पटक–पटक गरी दुई वर्ष ५ महिना कष्टकर जेल जीवन विताउनु भएको थियो । तर, विश्वकर्माले जेल जीवनभने विताउन परेको छैन । भुसालसँग जति विश्वकर्मासँग राजनीतिक अनुभव पनि कम भएको एमालेका नेतहरु नै बताउनुहुन्छ ।

विश्वकर्मा २०७४ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर एकबाट विजयी हुनुभएको थियो । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले जितेको यो क्षेत्रमा ०७० मा विश्वकर्मा पराजीत हुनुभएको थियो । बाम गठबन्धनबाट ०७४ मा सहज जित निकाल्नु भएका विश्वकर्मालाई यसपटक भने भुसाल चुनौति बन्ने देखिन्छ । २०७४ मा राप्रपाका नेता दीपक बोहरा र तत्कालीन एमाले नेता भुसालबीच क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा भएको थियो ।

भुसालबाम गठबन्धनका साझा उम्मेदवार रहनुभएको थियो भने बोहरालाई काँग्रेसको समर्थन थियो । तर, भुसालले फराकिलो मतान्तरले बोहरालाई पराजित गर्नु भएको थियो । भुसालले ३२ हजार ८६६ मतल्याउँदा बोहराले २७हजार ४२२ मत पाउनु भएको थियो।

०७४ को निर्वाचनमा नै क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्न चाहेका भुसालले एमाले अध्यक्ष केही शर्मा ओलीका कारण टिकट नपाएपछि ३ बाट उठेको बताउनु हुन्छ । अहिले पार्टी परित्याग गरेपछि १ बाट उम्मेदवार भई चुनाबी प्रतिस्पर्धामा रहनु भएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीगत रुपमा वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्दा यो क्षेत्रमा काँग्रेस बलियो छ ।

तर अहिले सत्ता गठबन्धन र विपक्षी गठबन्धनबीच प्रतिस्पर्धा हुँदै छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा कांग्रेसको ३२ हजार ९९९, एमालेको ३० हजार ३९४, राप्रपाको १४ हजार ५५२, जसपाको ६ हजार ६९५, माओवादीको ४ हजार २०२, नेकपा एसको १ हजार २४३ र लोसपाको ३२५ मत छ । दुई गठबन्धनको मत छुट्टाछुट्टै जोड्दा क्षेत्रमा विश्वकर्मा बलिया देखिनुहुन्छ ।

स्थानीयतहको मतका आधारमा विश्वकर्मा बलिया देखिए पनि भुसालले पार्टी परित्याग गरेका कारण करिब ५ हजार मत प्रभावित भएको बताइन्छ । लामो समय रुपन्देही र त्यसमा पनि क्षेत्र नम्बर १ लाई प्राथमिकता दिएर एमालेमा राजनीति गरेका भुसालले एमालेको मत अवश्य तान्ने अनुमान गर्न सकिन्छ ।

भुसालका यसअघि संसदीय सम्पर्क कार्यालयका प्रमुख रहीकाम गरेका उहाका सहयोगी मनोजकुमार रिजालले एमालेको ८–१० हजार मत प्रभावित हुने बताउँनुहुन्छ । ‘घनश्याम भनेको राजनीतिक इमान, बामपन्थी नीति र एउटा ब्राण्ड नै हो’, रिजालले भन्नुभयो, ‘उहाँले एमाले छाड्दा वित्तिकै धेरै मतप्रभावित हुने भएकाले सहजै जित निकाल्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

भुसाल उम्मेदवार भएपछि धेरै एमालेका जिल्ला स्तर र स्थानीय स्तरका नेता–कार्यकर्ताले भित्रभित्रै स्वस्फूर्त रुपमा भुसालको प्रचारप्रसार गरिरहेका छन् । जसले गर्दा पनि भुसालको जितमा कुनै अप्ठ्यारो नहुने रिजालको तर्क छ । ‘राजनीतिक हाइट, लगाव, इमान्दारिता सबैमा उच्चतह मा उहाँ (भुसाल) हुनुहुन्छ’, रिजालले भन्नुभयोे, ‘यसले पनिजितको बाटो सहज गराएको छ ।’

गठबन्धनको साथ, एमालेको मत र भुसालको राजीतिक छवि हेरेर पनि जित सहजहुने दावी भुसालपक्षीय नेताहरुको भनाई छ । अर्कातिर पार्टीमा इमान्दार छवि बनाउनु भएका एमाले यसैपनि बलिया रहेको र जातिय हिसावका कारण पनि एमाले उम्मेदवार विश्वकर्मालाई पनि कम आक्नु नहुने केहीको तर्क ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?