काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका दुई पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । मुद्दा दायर गरिएकामा सहायक डिन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ विनयकुमार दास रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरूविरुद्ध प्रश्नपत्रको गोपनीयता भंग एवं परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय मात्र राखिएको, विज्ञको छनोट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनोट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपीमा अंक थपघट गरिएको उनीहरूमाथि आरोप लगाएको छ ।
साथै उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा ऐनको दफा १३ बमोजिम सजाय गर्न अख्तियारले मागदाबी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच