विभिन्न देशका मुद्रासहित एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विभिन्न देशका मुद्रासहित भारत विहार पूर्वी चम्पारन पलङवा थाना पसौना-९ बस्ने ४० वर्षीय रम्भु दासलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ३६४ नम्बरको माईक्रो गाडीलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार दासको साथबाट युरो ४ हजार, जापानी येन १३ लाख ३० हजार र साउदी रियाल १६ हजार ३ सय १५ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?