रास्वपाको गुनासो : एमालेले अन्य प्रतिपक्षीको मतलव गरेन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अन्य प्रतिपक्ष दलहरुलाई मतलव नै नगरी समिति सभापति लिएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले एमालेले अरु पार्टीहरुलाई कुनै मतलव नै नगरी समिति सभापति लिएर गल्ती गरेको बताउनु भयो । उहाँले एमालेले मै लाउँ मै खाउँ भन्नेजस्तो व्यवहार गरेको बताउनु भयो । उहाँले सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन समिति सभापति बाँडिएको बताउनु भयो । उहाँले संसदलाई प्रभावशालि र गतिशिल बनाउन नभइ संकुचन गराउने प्रयास भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – ‘समिति कुन नियतबाट बनाइएको छ भन्नेकुरा महत्वपूर्ण हुन्छ । यदी साँच्चिकै संसदलाई प्रभावशालि बनाउने, संसदलाई गतिशिल बनाउने हिसावमा लिएको हुन्थ्यो भने त्यो अर्कै हुन्थ्यो । यहाँ त नियत नै कस्तो छ भने त्यसलाई प्रभावकारी होइन कि संकुचन गर्ने । लोकतान्त्रिक विधिलाई अपm्ठ्यारोमा पार्ने र आफ्नो स्वार्थउपर प्रयोग गर्ने देखिएको भएर हामीले नलिएको हो । समिति बाँडफाँटमा सत्तापक्षले गल्ती ग¥यो । दोस्रो कुरो प्रमुख प्रतिपक्षले अरु प्रतिपक्षी पार्टीहरुलाई कुनै मतलव नै नगरी मै खाउँ मै लाउँ जसरी ग¥यो । यो दुईवटै गल्ती भयो । सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन बाँडियो ।’

उहाँले रास्वपालाई एउटा समिति सभापति लिनका लागि प्रस्ताव आएको भएपनि आफूहरुले नलिएको बताउनु भयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?