हामीले ज्यादै छोटो समयमा देशको राजनीतिक व्यवस्थालाई परिवर्तन गर्ने आन्दोलनहरू गर्यौँ । छिटोछिटो भएका परिवर्तनले हामीलाई परिवर्तन नै सामान्य हुने रोग लाग्यो । सबै आन्दोलनको उद्देश्य थियो आमजनताको जीवनस्तरलाई माथि उठाउने अर्थात् सकारात्मक परिवर्तन गर्ने । २००७ सालको परिवर्तनपछिका वर्ष गणना गर्दा २००७ साललाई आधार मान्ने हो भने परिवर्तनको ‘सुरुवात ७० वर्षभन्दा पनि पहिल्यै भएको देखिन्छ । हामीले राणा शासनलाई नै प्रगतिको बाधक मानेका थियौँ । राजा र जनताको संयुक्त प्रयासबाट जब राणा शासनको अन्त्य भयो त्यसले तुरुन्तै सकारात्मक प्रभाव पर्ने अपेक्षा थियो ।
तर, दुर्भाग्य तदअनुकूलको परिवर्तन भएको अनुभूति जनताले गर्न पाएनन् । राजनीतिक परिवर्तनप्रति जनता आशावादी हुँदाहँुदै निराश बने । २००७ सालको परिवर्तनपछि संविधान सभाको निर्वाचन कि संसदको निर्वाचन भन्ने विषयले राजनीति विवादित बन्यो । २०१५ सालको प्रथम जननिर्वाचित सरकारलाई अपदस्थ गर्ने २०१७ सालको राजा महेन्द्रको कदम र पञ्चायती व्यवस्थाको प्रादुर्भावपछि राजा र जनताबीच राजनीतिक द्वन्द्व बढ्यो । यसले परिवर्तनको लाभ लिने वातावरणबाट जनता वञ्चित भए । राजनीतिमा पञ्चायतको व्यक्तिवादी हैकम र प्रजातान्त्रिक शासन पद्धतिलाई पुनर्वाहली गर्ने नेपाली कांग्रेसबीचको द्वन्द्वले विकासले बाटो पनि समातेन राजनीतिले द्वन्द्व निरुपण गर्न पनि सकेन ।
नेताहरू निरंकुश र भ्रष्ट हुन अब नेतामात्रै दोषी छैनन् कार्यकर्तासमेत दोषी छन् । कार्यकर्ताको मुख्य जिम्मेवारी नेताहरूलाई खबरदारी गर्ने हो । तर यहाँ कार्यकर्ता नेतालाई खबरदारी होइन चाकरी गरेर स्वार्थ पूरा गर्ने दाउमा हुँदा परिस्थिति नकारात्मक भएको हो ।
बहुदलीय प्रजातन्त्रप्रति पूर्णतः आस्थावान नेपाली कांग्रेस र कम्युनिष्ट शक्तिबीचको सहकार्यले पञ्चायती व्यवस्था ढल्यो । राजनीतिक व्यक्तिहरूको चित्र फेरियो चरित्र तात्विक रूपमा नफेरिएको अवस्था देखियो । देश बहुदलीय शासनको युगमा प्रवेश ग¥यो तर त्यसको वास्तविक लाभ जनताले पाउन सकेनन् । पञ्चायतमा भएका चित्रहरू फेरिए तर राजनीतिक व्यक्तिहरूको चरित्रमा तात्विक अन्तर नहुँदा शासकीय असन्तुष्टिहरू व्यवस्थापन हुन सकेन । बहुदलीय शासन व्यवस्थाले परिवर्तनको पक्षमा केही राम्रा कामहरूको सुरुवात गर्दै गर्दा देशमा विद्रोहको बीजारोपण गरेर माओवादीले बहुदलीय शासन व्यवस्थाका उपलब्धिलाई सर्वत्र अवरोध उत्पन्नमात्रै गरेनन् हत्याहिंसा र असुरक्षा आदिको बलमा परिवर्तनको नयाँ बाटो हिँड्न बाध्य पारियो ।
त्यसबीचमा राजा वीरेन्द्रको नियोजित हत्याले देशको राजनीति थप तरल बन्यो । अस्थिरता, आशंका र भयको वातावरणले राजनीति झन्झन् जटिलतातिर मोडियो । ज्ञानेन्द्रको सत्तारोहण जनताको चाहनाविपरीत भएको विषयलाई बेवास्ता गर्दै उनले जब प्रत्यक्ष शासनको बागडोर समाते यसले राजनीतिलाई झन तरंगित र भयभीत बनायो । परिणामस्वरूप बहुदलवादीहरू र विद्रोही माओवादीहरू एउटै मोर्चामा आउने वातावरणले ज्ञानेन्द्रको प्रत्यक्ष शासनमात्रै ढलेन त्यसले राजतन्त्रलाई नै ढाल्यो । हाम्रो विशेषता भनेकै भएका कुराहरू भत्काउन सक्ने तर नयाँ सिर्जना भने गर्न नसक्ने भएकाले यहाँ भत्केपछि फेरि नयाँ शैलीले अगाडि बढ्ने दृष्टिकोण बनाउन नेपालको राजनीतिक नेतृत्व पूर्णतः असफल देखिएको छ ।
यस्तो असफलताको रोगको निवारण गर्ने विधि र प्रविधि विकास गर्न नेपाली राजनीतिक नेतृत्व सधैं असफल हुने रोग नै नेपाल र नेपालीको दुर्भाग्यको कारण र परिणाम भन्नुपर्छ । हामीले धेरै छोटो अवधिमा व्यवस्था, सत्ता र संविधानसमेत परिवर्तन गर्यौँ तर जनताको अवस्थामा भने परिवर्तन ल्याउन सकेनौँ । अहिलेको राजनीतिक समस्या भनेको व्यवस्था परिवर्तनपछि जनताको अवस्था किन परिवर्तन भएन ? यसमा जिम्मेवार को ? अब प्रत्येक निर्वाचनले चित्र परिवर्तन हुने सम्भावना हुन्छ तर हामीले तीन चार दशकसम्म पनि चित्र नै परिवर्तन गर्न सकेनौँ भने यसले राजनीतिको चरित्रलाई बदल्ने कुरा त अझै टाढाको विषय बन्यो । राजनीतिको प्रमुख विषय भनेको राष्ट्रलाई, समुदायलाई फाइदा पु¥याउनु र भूगोललाई सजाउनु हो । त्यो विषयलाई हाम्रो राजनीतिले किन सम्बोधन गर्न सकेन ?
राजनीतिको सम्बन्ध नेताहरूको व्यक्तिगत स्वार्थ प्रेरित भावना र चाहानासँग मात्रै किन भयो ? सधैँ नेताहरूको प्रतिभा र प्रतिबद्धतामा कमी भएको विषयमा प्रश्न उठ्छ । तर कम क्षमता र कम प्रतिभा भएको व्यक्तिलाई नेता मान्न किन तयार हुन्छौँ ? यहाँ नेर नै हामीहरू चुक्छौँ । सबै पार्टीभित्र इमानदार र प्रतिभाशाली व्यक्तिलाई नेतृत्वमा जान वित्तीय कारणले रोक्ने र छेक्ने हुँदा क्षमता र प्रतिभा कम हुनेहरूबाट होनहार नेतृत्वको उदयको सम्भावनालाई नै निमिट्यान्न पार्छ ।
परिणामस्वरूप प्रतिभाशालीहरू पछिपछि र कम क्षमता र प्रतिभा हुनेहरू नेतृत्वमा जाने परिपाटी नै हाम्रो दुर्भाग्य भन्नुपर्छ । पार्टीमा प्रवेश गर्ने कार्यकर्ता नेतृत्वमा कसरी पुग्ने र विभिन्न पदहरूको प्राप्तिको मानक के हो ? उदाहरणका लागि पार्टीप्रवक्ता नियुक्त गर्दा उसको सम्वाद कौशल, लेखन, विश्लेषण तथा समीक्षात्मक योग्यता र क्षमताको कसरी मूल्यांकन हुन्छ ? के पार्टीको कोषाध्यक्षको नियुक्ति गर्दा वित्तीय क्षेत्रको अनुभव र ज्ञान भएको र फण्डलाई परिचालन गर्ने योग्यता र दक्षता भएको व्यक्ति छानिन्छ ? पार्टीहरूमा यस्ता महत्वपूर्ण पदहरूको नियुक्तिमा जहाँ मानक छैन त्यहाँ पदको अपेक्षा गर्ने व्यक्ति योग्य हुनुपर्छ भन्ने जरुरी नै हुँदैन ।
अहिले सबै पार्टीहरूको नेतृत्व अक्षम हुँदा पूरै राजनीति र सबै पार्टीहरूको क्रियाकलाप प्रजातान्त्रिक पद्धति र संस्कारविपरीत छ । कुनै कार्यकर्ताले पार्टीमा कसरी अघि बढ्ने भनेर नेतृत्वलाई सोध्यो भने त्यहाँ बनी बनाउ उत्तर छ कि पार्टीमा काम गर्दै जाऊँ । कसरी काम गर्ने निर्देशन र विधि बारे नेता स्वयंलाई थाहा छैन । यस्तो परिस्थितिमा नेतृत्वलाई खुशी पार्नु नै पार्टीको काम हो भन्ने सन्देश प्रवाह भएको छ ।
यसले कार्यकर्ताको समीक्षात्मक र आलोचनात्मक क्षमतालाई नष्ट गरेका कारण नेतृत्व भ्रष्ट भएको छ । अहिलेको राजनीति त्यो क्षेत्र होइन जसमा कुनै व्यक्तिले आफ्नो क्षमता र कार्यक्रमका माध्यमले व्यक्तिगत क्षमतालाई उपयोग गरेर अघि बढ्न सकियोस् । नेतृत्वले कार्यकर्तामा चाकडी र चापलुसी गर्ने गलत संस्कार र संस्कृतिको विकास गरेको छ । नेताहरूबाटै कार्यकर्ताको स्वाभिमानलाई नै निस्तेज पार्ने काम भएको छ । त्यसैले खबरदारी गर्ने आँट, क्षमता र योग्यता कार्यकर्तामा नहँुदा नेतृत्व अहिले विशेष निरंकुश र भ्रष्ट भएको छ ।
नेताहरू निरंकुश र भ्रष्ट हुन अब नेतामात्रै दोषी छैनन् कार्यकर्तासमेत दोषी छन् । कार्यकर्ताको मुख्य जिम्मेवारी नेताहरूलाई खबरदारी गर्ने हो । तर यहाँ कार्यकर्ता नेतालाई खबरदारी होइन चाकरी गरेर स्वार्थ पूरा गर्ने दाउमा हुँदा परिस्थिति नकारात्मक भएको हो । अब नेतामात्रै सुध्रेर पनि परिस्थिति सुध्रिनेवाला छैन । त्यसैले अब कार्यकर्तासमेत सुध्रिनुपर्ने स्थिति छ । नेपाली राजनीतिको मुख्य समस्या भनेको के हो भने हिजो राजनीतिलाई बेरोजगारहरू, अन्य व्यवसाय र जागिर नहुनेहरूले एकलौटी गरे । योग्यहरू जागिरे भए । कोही उद्योग व्यवसायमा लागे । पढाइमा राम्रो गर्न नसकेकाहरू र बाबुसँग धन कम हुनाले अन्य व्यवसायमा लगानी क्षमता नहुनेहरू राजनीतितिर लागे । उनीहरू जीवनभर अभावको स्थितिमा बाँच्न बाध्य भए । अभावमा उनीहरूका दबिएका इच्छा र आकांक्षालाई कसरी पूरा गर्नेतिर यिनीहरूको मस्तिष्क केद्रीकृत हँुदा प्रायः सबै नेता जिम्मेवारीमा जाने बित्तिकै आफ्नो व्यवस्था गर्न थाले । काठमाडौंमा घर बनाउने प्रतिस्पर्धासँगै यिनीहरू भ्रष्टाचारमा समेत प्रतिस्पर्धा गर्न थाले ।
परिणामस्वरूप इतिहासमै यी तीनचार दशकमा राजनीतिक नेताहरू र कार्यकर्ताले काठमाडौंमा धेरै घर बनाए । ती काठमाडौंमा बनेका प्रायः सबै नेता तथा कार्यकर्ताका घर बनाउने स्रोत भ्रष्टाचार नै भएकाले यस अवधिमा अधिक भ्रष्टाचार भयो । यो अवधिमा बनेका घरहरू निर्माणका स्रोतहरूको अध्ययन र अनुसन्धान गर्ने हो भने भ्रष्टाचारको गहिराइ भेटिन्छ । यो अवधिमा अधिक भ्रष्टाचार भयो । अधिक भ्रष्टाचार हुने बित्तिकै कुशासन यसको विशेषता हो । त्यसैले अहिले देशले ख्यातिप्राप्त गर्ने क्षेत्र भनेकै भ्रष्टाचार र कुशासन हुन् । हिजो राजनीतिलाई बेरोजगारहरू थुप्रने केन्द्र बनाएका कारण नेतृत्वमा हुनेहरू र तिनका आसेपासेहरूलाई भ्रष्टाचार अत्यन्तै प्रिय विषय बनेको छ । अभाव र गरिबीमा सधैं जीवन बिताएका नेताहरू र कार्यकर्ता समेतको आन्तरिक चिन्तन आफू धनी बन्नु भएकोले अवसर पाउने जति सबैले प्रथम प्राथमिकता आफ्नो बन्दोबस्तीमा दिए । नेपालमा बेरोजगार व्यक्तिहरू नै राजनीतिमा लागेका कारण सत्तामा पुग्ने बित्तिकै उनीहरूका सञ्चित अतृप्त चाहनाहरूलाई कसरी पूरा गर्ने भन्नेतिर मात्रै मस्तिष्क केन्द्रीकृत भयो । त्यसैले जिम्मेवारीमा रहनेहरू र तिनका नजिकका कार्यकर्ताहरू समेत भ्रष्ट भए । यसको नकारात्मक प्रभावका कारण नेतृत्वमा रहनेहरूले अभूतपूर्व आर्थिक संकलन गरे ।
नेताहरूको अभूतपूर्व संकलनसँगै भ्रष्टाचार र कुशासनले जरो गाड्यो । नेताहरूले मात्रै आर्थिक संकलन गर्दा देश र जनताको आर्थिक अवस्था अधोगतितिर लाग्यो । नेता धनी र देश र जनता गरिब हुने अवस्था बन्यो । योग्य र प्रतिभाशाली व्यक्तिहरू जागिर, उद्योग, व्यवसाय, कृषि आदि पेशामा लागे भने कम प्रतिभाशाली, लगानी गर्न नसक्ने गरिबहरू राजनीतितिर लागेका कारण राजनीतिज्ञहरूबाट भ्रष्टाचारमा मात्रै प्रगति गरे भने देशको विकासको मोडल विकास गर्ने जस्तो बौद्धिक काम राजनीतिमा रहेका कम प्रतिभाशालीबाट नभएको विषय घाम झैँ छर्लंग छ । राजनीतिमा कम प्रतिभाशाली गरिब र बेरोजगारहरू थुप्रने थलो बनेका कारण भ्रष्टाचारलाई नै आमराजनीति कर्मीहरूले पेशा बनाए ।
अहिले नेपालमा भ्रष्टाचार दुव्र्यसन नभएर पेशा बनेको छ । दुव्र्यसन छुटाउन सजिलो हुन्छ, व्यक्तिको भ्रष्टाचाररूपी पेशा छुटाउन असम्भव भएको छ । भ्रष्टहरू नै भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारीमा छन् । नाम भ्रष्टाचार नियन्त्रण छ काम भने भ्रष्टहरूलाई संरक्षण गर्ने रहेको छ ।
अहिले नेपालमा भ्रष्टाचार दुव्र्यसन नभएर पेशा बनेको छ । त्यसैले दुब्र्यसन छुटाउन सजिलो हुन्छ तर व्यक्तिको भ्रष्टाचाररूपी पेशा छुटाउने काम असम्भव भएको छ । भ्रष्टहरू नै भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारीमा छन् । नाम भ्रष्टाचार नियन्त्रण छ तर काम भने भ्रष्टहरूलाई संरक्षण गर्ने जिम्मेवारी प्राप्त भएकाले भ्रष्टाचारको निवारण त के न्यूनीकरणका प्रयास नै शून्य हुँदा अहिले सरकारी काम कारबाहीहरू र भ्रष्टाचार पर्यायवाची शब्द जस्तो लाग्छ । भ्रष्टाचारको नियन्त्रण गर्न सर्वप्रथम बेरोजगारलाई राजनीतिमा प्रवेश निषेध गर्नुपर्छ । कृषि, व्यापार, उद्योग आदि कुनै पनि पेशाबाट जीविकोपार्जन गर्नेहरू राजनीतिमा आए भने उनीहरू आर्थिक रूपमा आत्मनिर्भर हुन्छन् । यसले जिम्मेवारीमा रहनेहरूको दृष्टिकोण नै फरक हुन्छ । गरिबहरूले कब्जा गरेको राजनीतिबाट आएको नेतृत्वले धनलाई नै सर्वेसर्वा मान्यो परिणामस्वरूप देश भ्रष्टाचारको अखडा बन्यो । सबै जिम्मेवारीमा हुनेहरू भ्रष्ट भएपछि भ्रष्टाचार नबढेर सदाचार कसरी बढ्छ ? भोका, नांगाहरूलाई राज्यको ढुकुटीको जिम्मा दिएर भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने विषय असम्भव हुन्छ ।
अहिले भ्रष्टाचार नियन्त्रणको हाम्रो प्रयास पनि त्यस्तै असम्भव प्रमाणित भएको छ । हिजो भ्रष्टाचार र कुशासनका लागि नेतृत्वमा हुनेहरू मात्रै जिम्मेवार थिए भने अहिले भ्रष्टाचारमा धेरैजसो कार्यकर्ता पनि हिस्सेदार भएकाले अब भ्रष्टाचार नियन्त्रण गर्ने काममा नेतामात्रै होइन तिनका कार्यकर्तासमेत सुध्रिनुपर्ने अवस्था छ । अहिले सरकारको प्रवेश हुने सबै ठाउँहरूमा यत्रतत्र, सर्वत्र भ्रष्टाचार र कुशासनको बिगबिगी छ । भ्रष्टाचार निवारण आयोगकै प्रमुख आयुक्तहरू र आयुक्तहरू नै भ्रष्टाचारको कारबाहीमा परेको अवस्थाले अब नेताहरू र कार्यकर्तामात्रै दोषी नभएर हाम्रो संवैधानिक व्यवस्थासमेत दोषी भएको प्रमाणित भएको छ । अब सच्चिने पालो नेताहरूमा मात्रै सीमित भएन यो कार्यकर्ता तहसम्म पुग्यो ।
Katu satya
Yes patak ko pani sanket ramro hune 😂😂😂😂
एकदम सत्य कुरो । नेपालीका नेता र कार्यकर्ताले मात्र नभई दलमा आबद्ध सचेत नागरिकले मनन गर्नुपर्ने सामयिक विषय !!!
Devi Bhakta Ji, Ekdam ramro Bishlesan. This is the way to go to the root of the problem and move from discursive pessimism to designerly optimism. Many KUDOS. Pramod Parajuli, Ph.D (Find me at Annapurna Abundance)
यस्तो होस राजनैतिक सोच र संस्कार बोकेको मानिस ।
बास्तबमै सही बिचार आयो समस्या नेताहरु मा होईन कार्यकर्ता र आम नागरिक हरुको सोचमा छ ।
धन्यवाद हजुर