भूकम्प प्रभावित नागरिकको सहयोगमा सरकारले कुनै कसर बाँकी नराखोस् : अध्यक्ष नेपाल

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितको उद्धार तथा राहतमा आवश्यक पहल गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

शनिवार काठमाडौंमा अयोाजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले भूकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकार र स्थानीय जनप्रतिनिधि एवं सुरक्षाकर्मीहरुले प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहत कार्यमा आवश्यक भुमिका निभाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले हाललसम्म १२८ जनाको निधन भएको खबर प्राप्त भएको भन्दै सरकारले प्रभावित जनताप्रति कुनै कसर बाँकी नराखि सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले भूकम्प प्रभावित क्षेत्रमा हुने जोखिम न्युनिकरणमा पनि ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जसरी भुँइचालो गयो, एक सय २८ जना हालसम्म निधन भएको खबर छ । धेरै व्यक्ति घाइते हुनुभएको छ । दुःखद् घटनाप्रति सबैको तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु । सँगै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । अहिलेसम्म पनि त्यसका कतिपय असर बाँकी छन् । उद्धार कार्यमा सरकारले तत्काल सुरक्षा पंक्ति पठाइसकेको छ । उद्धार कार्य भइरहेको पनि होला । प्रधानमन्त्री स्वयं पनि जानुभएको छ । राहत सहयोग छिटो पुग्नुपर्छ । त्यस क्षेत्रमा भएको भूकम्प र त्यसको असरप्रति दुःख व्यक्त गर्दछु । सबै पीडित परिवारप्रति समवेदना प्रकट गर्दछु । सरकारले कुनै कसर बाँकी नराखि आफ्नो तर्फबाट सकेको सहयोग गराउनुपर्छ ।’

अध्यक्ष नेपालले अब हुनसक्ने क्षतिलाई ध्यानमा राखेर बाँकी काम गर्नुपर्नेमा सरोकारवाला निकायहरु चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?