सेञ्चुरी, जंगल भिल्ला र त्रिसाराबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र जंगल भिल्ला रिसोर्ट चितवनबीच सम्झौता भएको छ । सेञ्चुरी र जंगल भिल्ला रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

छुट सुविधा बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्ग तथा बैंकका कर्मचारीले पाउनेछन् । जंगल भिल्ला रिसोर्टले एकोमोडेसन शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्नेछ । सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र जंगल भिल्ला रिसोर्टका बजार प्रमुख सुहानी गिरीले हस्ताक्षर गर्नुभएको हो ।

त्यसैगरी त्रिसारा काठमाडौंमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट त्रिसारा, पेरोस पिज्जा र त्रिसारा द बेकिङ फ्याक्ट्रीमा समेत उपलब्ध हुनेछ । सम्झौतापत्रमा बैंक प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र त्रिसाराका प्रबन्ध निर्देशक शोभनवीर मालाकारले हस्ताक्षर गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?