आज मध्यरातिदेखि नेपाल-भारत सीमानाका बन्द

हिमालय टाइम्स
Read Time = 1 min

सप्तरी । आसन्न ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरि सप्तरी जिल्लासँग जोडिएको नेपाल-भारत सीमानाका बिहीबार मध्यरातिदेखि बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार बिहीबार राति १२ बजेदेखि ४ मंसिर आइतबार मध्यराति १२ बजेसम्म सीमानाका बन्द हुनेछ ।

निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष एवं भयरहित  वातावरणमा सम्पन्न गर्नको लागि नेपाल-भारत सीमानाकाहरु बन्द गर्न लागेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?