चन्द्रमामा नासाले पठायो शक्तिशाली रकेट

Read Time = 1 min

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पठाइएको अहिलेसम्मकै शक्तिशाली रकेट अन्तरिक्ष प्रक्षेपण प्रणाली सफलतापूर्वक प्रक्षेपण गरेको छ । नासाका लागि यो ऐतिहासिक क्षण रहेको बताइएको छ ।

यो प्रक्षेपण तेस्रो प्रयासमा सफल भएको हो । यसअघि अगस्ट र सेप्टेम्बरमा यसको प्रक्षेपण रोकिएको थियो । यो नासाको आर्टेमिस मिशनको एक हिस्सा हो, जसअन्तर्गत ५० वर्षपछि फेरि चन्द्रमामा मानिस पठाउने तयारी भइरहेको छ ।

यो रकेटमा कुनै पनि अन्तरिक्ष यात्री सवार छैनन् । यदि यो मिसन सफल भयो भने भविष्यमा अन्तरिक्ष यात्रीहरू यो रकेटमार्फत मिसनमा जान सक्नेछन् । यो मिसन सफल भए सन् २०२४ देखि मानिसले फेरि चन्द्रमामा पाइला राख्न सक्नेछन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?