निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै विरोध प्रदर्शन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाण्डौं । भोलि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत देशभर मतदान हुँदैछ। मतदानको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ।

तर, केही समूह भने निर्वाचन बिथोल्न लागिपरेका छन् । आज नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ताले निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले बहादुर भवनमा रहेको निर्वाचन आयोगको केन्द्रीय कार्यालय बाहिर उनीहरुले प्रदर्शन गरेका हुन् ।

करिब १० जनाको समूहमा उनीहरु प्रदर्शन गर्न पुगेका थिए। लगतै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

Pradarshan

Pradarshan1

Pradarshan2

Pradarshan3

Pradarshan4

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?