लामा कार्यवाहक अध्यक्ष

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनुभएको छ । फिफा विश्वकप कतार २०२२ मा सहभागी हुन अध्यक्ष पंकजबिक्रम नेम्वाङ कतार जाने भएपछि लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

अध्यक्ष नेम्वाङ संघको प्रतिनिधिका रूपमा फिफा विश्वकपको उद्घाटन समारोहमा उपस्थित हुन त्यसतर्फ जानुभएको छ । लामालाई मंसिर ३ गतेदेखि ६ गतेसम्मका लागि अध्यक्ष नेम्वाङले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।

एन्फाको विधानको परिच्छेद ९ को धारा ४४ अनुसार लामालाई कार्यवाहकको जिम्मेवारी दिइएको एन्फाले जनाएको छ । फिफा विश्वकप मंसिर ४ देखि कतारमा सुरु हुँदैछ । फिफा विश्वकप पुस ३ गते सकिँदैछ । दावा गत असारमा भएको निर्वाचनमा उपाध्यक्षमा चुनिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?