मतदान भैरहेको स्थानमा बम विस्फोट, बर्दियाका विभिन्न स्थानमा प्रेसर कुकर बम फेला

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बर्दिया । बर्दियाको एउटा मतदान केन्द्रमा मतदान प्रकृया रोकिएको छ । बर्दियाको सदरमुकाम गुलरिया देखि ५ किलो मिटर पश्चिमतर्फ रहेको श्री शम्भुशरण माविको विहान मतदान प्रकृया सुरु भएको १ घन्टा भित्र मतदान रोकिएको छ ।

विहान करिब ९ वजेतिर मतदान भैरहेको स्थानमा टिनको छतमा भएको बम विस्फोट हुदा मतदाताहरु भागाभाग भएका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक विरेन्द्रबहादुर शाहिकाअनुसार मतदान भैरहेका बेला बाहिर बाट फालिएको वस्तु टिनको छतमा खसेपछि पटकिएको थियो ।

उहाँले भन्नु भयो अहिले सर्वदलिय वैठक वसीरहेको र मतदान स्थलचारैतिर सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । मतदान कार्य रोकिएको छ । विस्फोट कसले गराएको हो भन्ने खुलेको छैन ।

यसै बिच बर्दियाको राजापुर नगरपालिका ८ धोविनपुर स्थित भेरी मावि ललितापुरु केन्द्र देखि १ सय मिटर पुर्व तर्फ एउटा प्रेसर कुकर बम फेला परेको छ । सो प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । जिल्लाका अन्य भागमा मतदान प्रकृया चलिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?