लागु औषधसहित ४ जना पक्राउ

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बर्दिया । लागु औषधसहित बर्दियामा चार जना पक्राउ परेका छन् ।

जिल्लाको बढैयाताल गाँउपालिका-७ बाट १ जना र सोहि पालिकाको २ फुटाहा बाट ३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भे ३ प २६९६ नम्वरको मोटरसाइकलमा सवार बाके कोहलपुर नगरपालिका-१५ का २४ वर्षिय नीरजकुमार थारुको साथबाट लागु औषध २२ ग्राम ५ सय ६० मिलिग्रामसहित पक्राउ गरिएको हो ।

यसैगरी बढैयाताल गाँउपालिका-१ ठुलो डाँफे निवासी २२ वर्षिय रवि रसाइलीले चलाएको प्रदेश २-०३-प ००९४ नम्वरको स्कुटर बाट १ ग्राम ५ सय ३० मिलिग्राम पदार्थसहित तिन जनालाई पक्राउ गरिएको हो ।

रसाइलीको मोटरसाइकलमा रहेका अन्य २ जना सुर्खेत विरेन्द्रनगर नगरपालिका १० का ५० वर्षिय रेशम बहादुर कार्की र बढैयाताल गाँउपालिका १ का २४ वर्षिय कमल खड्का रहेका छन् । उनिहरुले सीमापारी भारतिय बजारबाट सो लागु पदार्थ किनेर ल्याएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?