यस्तो छ तपाईंको मंसिर ५ गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल मंसिर ५ गते सोमबार, ई.सं २१ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष द्वादशी, ७ः४१ बजे उप्रान्त त्रयोदशी, नक्षत्र- चित्रा, योग- आयुष्मान्, करण- तैतिल, चन्द्रराशि-कन्या सूर्योदयः ६ः३०, सूर्यास्तः १७ः०८ ।

मेष : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।

वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मिथुन : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

कर्कट : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

सिंह : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

कन्या : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

तुला : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्‍याउनेछन् ।

वृश्चिक : रोजगारीका क्षेत्रमा सम्मान र शाख जोगाउन सकिने छ, ।

धनु : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

मकर : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

कुम्भ : पारिवारिक जीवन सन्तोषप्रद रहनेछ ।

मीन : स्वास्थ्यमा समस्या आउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?