अनेरास्ववियूका नेता ऐडीको मृत्यु पछि बाजुराको सदरमुकाम मार्तडी तनाबग्रस्त

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

बाजुरा । नेकपा एमाले निकट अनेरास्ववियू बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । बजार बन्द भएसँगै बजारका गल्लीहरुमा टायर बालेपछी सदरमुकाम मार्तडी तनावग्रस्त बनेको हो ।

अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन ऐडीको हत्याको बिषयलाई लिएर अनेरास्ववियूले आन्दोलन गरेको हो । बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली सेना नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन गरिएको छ ।

बाजुराको त्रिबेणी ७ को नाटेश्वरी आधारभूत बिद्यालयमा मतदानको बिबादलाई लिएर नेपाली कांग्रेसका कार्यक्रताहरुले चेतन ऐडीका घरमै गएर कुटपिट गरेर हत्या गरेको खुल्नमा आएको छ । ऐडी घर भित्र रहेको बेला घर भित्र बाट तानेर उनलाई निर्घात कुटपिट गरिएको थियो ।
ऐडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगेका थिए । अस्पताल पुगाउने बित्तिकै ऐडीलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । ऐडीको शब अहिले बयलपाटा अस्पतालको शबगृहमा राखिएको अस्पताल स्रोतले बताएको छ ।

त्रिबेणी ७ मा ४ गते दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानिय कांग्रेस कार्यकर्ता सञ्जिब ऐडीको मृत्यु भएको थियो । सञ्जिब ऐडीको मृत्युपछि कांग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्ता माथि कुटपिट गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?