संसदमा जारी अवरोध हटाउने विषयमा प्रमुख दलका सचेतकसँग छलफल गर्दै सभामुख घिमिरे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सभामुख देवराज घिमिरले सदनको अवरोध हटाउने विषयमा छलफल गर्न दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनुभएको छ ।

लामो समयदेखि भइरहेको संसद अवरोध हटाउन सभामुख घिमिरेले ११ बजेसिंहदरबारस्थित आफ्नै सचिवालयमा बैठक बोलाउनुभएको हो ।

सत्तापक्ष र प्रतिपक्षमा रहेका पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाउनुभएको हो। साउन १० गतेदेखि अवरुद्ध भएको सदन अझै सुचारु हुन सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन २ गते विमानस्थल बाहिर बरामत गरेको सुन प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?