जुम्लामा १ बजेबाट मतगणना गरिने

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । आईतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जुम्लामा दिउँसो १ बजेबाट सुरु हुने भएको छ । विहान ७ बजे बसेको सर्वदलीय बैठकले प्रदेशसभा र प्रतिनिधिसभाको फरक फरक ठाउँमा मतगणना गरिने निर्णय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आयोगले निर्धारण गरेका बुँदा र केही बुँदामा सर्वसम्मति जनाउँदै १ बजेबाट मतगणना गरिने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । मतगणना भने प्रत्यक्ष प्रतिनिधिसभा र प्रदेशसभाको एकसाथ गणना गरिने सहमति भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तीनवटा स्थानमा मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।

मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको छ । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक/एक जना प्रतिनिधि सहभागी हुनेछन् । जुम्लामा संघीयसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी गोमा गौतम (कुवँर), नेकपा एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाही बिच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

प्रदेसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट प्रदेश (क) मा नेपाली कांग्रेसका ललितजंग शाही , नेकपा एमालेका धिरेन्द्रराज गिरी र स्वतन्त्र उमेर देवेन्द्र बहादुर शाही लगायत प्रतिस्पर्धामा छन् । त्यस्तै प्रदेश सभा (ख) मा सत्ता गठबन्धनको तर्फबाट समाजवादीका पदमबहादुर रोकाया, नेकपा एमालेका टेकराज पछाई र स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेत विच कडा प्रतिस्पर्धा हुने भएको छ ।

जुम्लामा प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि २ स्थानका लागि निर्वाचन भएको छ । जिल्लामा ६८ हजार ६ सय ३८ मतदाता छन् । जिल्लामा १ सय ६ मतदान केन्द्र र ८३ वटा मतदानस्थल र दुईवटा अस्थायी मतदान केन्द्रबाट निर्वाचन भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जिल्लामा ६५ प्रतिशत मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?