Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

मनाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइयो

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

लमजुङ । हिमाली जिल्ला मनाङमा सेनाको हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम चामे ल्याइएको छ ।

जिल्ला निर्वाचन कार्यालय मनाङका अनुसार सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिका १ देखि ३ वडासम्म नार गाउँको तीनवटा मतदान केन्द्र साथै ४ र ५ वडा फूको दुईवटा मतदान केन्द्रको मतपेटिका सदरमुकाम चामे ल्याइएको हो ।

सशस्त्र प्रहरी बल मनाङका प्रमुख डीएसपी दुर्गा थापाका अनुसार हेलिकप्टरले ढुवानी गरेको मतपेटिकालाई कडा सुरक्षाकाबीच जिल्ला अदालतको मतगणनास्थलमा राखिएको छ  ।

मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले नार र फूबाट मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको र सर्वदलीय बैठकपछि आज नै गणना गरिनेछ।

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार कूल चार सय ६८ मतदाता रहेको नार्पाभूमि गाउँपालिकामा तीन सय १८ मत खसेको छ । मनाङमा मतदाता ६ हजार ७ सय ७९ रहेकोमा चार हजार आठ सय ४५ अर्थात् ७१ दशमलब ४७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयकाअनुसार दुई हजार चार सय ८६ महिला र दुई हजार तीन सय ५९ पुरुषले मतदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?