उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण रोक्न जी ७ राष्ट्रले गुहारे सुरक्षा परिषद्

हिमालय टाइम्स
Read Time = 1 min

प्योङयाङ । जी ७ राष्ट्रहरूले आइतवार उत्तर कोरियाको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपणको आलोचना गर्दै संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषदलाई परीक्षण रोक्न थप ‘महत्वपूर्ण’ कदम चाल्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय समुदायले शान्ति र स्थायित्वका लागि आह्वान बाबजुद उत्तर कोरियाको बारम्बारको मिसाइल प्रक्षेपणले यस क्षेत्रलाई थप अस्थिर बनाएको जी ७ राष्ट्रहरूको समूहका विदेश मन्त्रीहरूले बताएका छन् ।

जी ७ राष्ट्रहरूले जारी गरेको एक विज्ञप्तिमा एकजुट र सशक्त जबाफका लागि अन्तर्राष्ट्रिय समुदायको आह्वान र सुरक्षा परिषदले लिनु पर्ने थप महत्वपूर्ण उपायहरूको आवश्यकतामा जोड दिइएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?