Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

कांग्रेसको पकड मानिएका क्षेत्रमा पनि गृहमन्त्री खाणलाई पछि पार्दै बोहराले लिए अग्रता

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा दिपक बोहराको अग्रता कायम रहेको छ ।

१४ हजार सात सय ५५ मत गणना हुँदा बोहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम गर्नुभएको हो ।

उहाँको निकटम प्रतिद्वन्द्वी एवं गृहमन्त्री बालकृष्ण खाणले  चार हजार नौ सय १० मत प्राप्त गर्नुभएको छ । यतिबेला गणना भइरहेको क्षेत्र कांग्रेसको पकड मानिएको मायादेवी ७ र ८, तिलोत्तमा १४, ओमसतिया २ मा पनि बोहराले अग्रता कायम गर्नुभएको छ ।

यसैगरि सियारी १ को पनि मतगणना सकिएको छ । मायादेवी ७ र ८ मा ४५३० मत खसेकोमा खाणको पक्षमा १९४१ र हलोलाई १४३६ मत प्राप्त भएको थियो ।

यता तिलत्तोमा १४ मा ४६१० मतमध्ये रुखमा १४८३ र हलोमा १९३४ मत आएको छ । यसैगरि, ओमसतिया २ र सियारी १ मा मतगणना सम्पन्न हुँदा रुखलाई १४८६ र हलोमा २२८६ मत प्राप्त भएको छ ।

यसरी अहिले दिउँसो ४ बजे सम्मको मतगणना सकिँदा बोहरा ७४७ मतले खाणभन्दा अगाडि रहनुभएको छ। योबीचमा एक हजार १४ मत बदर भएको छ । राप्रपाका नेता समेत रहेका पूर्वमन्त्री  बोहरालाई एमाले  र जसपाको समर्थन रहेको छ । यता, गृहमन्त्री समेत रहनुभएको खाणलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राजमोलगायतले समर्थन गरेका छन् ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?