धनकुटाको मतगणना जारी, यस्तो छ ताजा परिणाम

हिमालय टाइम्स
Read Time = 4 mins

-मोहन वान्तवा
धनकुुटा । धनकुटा मत गणनाको पछिल्लो परीणाम अनुसार एक प्रतिनिधि सभा र दूई प्रदेश सभामा नेकपा एमालेको तीनमा अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभाका लागि नेकपा एमालेका राजेन्द्र राईले १८ हजार ७ सय ७१ मत पाएर आफ्नो अग्रता कायम राख्नुभएको छ ।

गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका शुनिल बहादुर थापाले १७ हजार ७ सय ६३ मत प्राप्त गरि पच्छाई रहनुभएको छ ।

यसै गरि नेकपा माओवादीबाट विद्रोही उम्मेदवार हेमराज भण्डारीले ४ हजार ३ सय ३१ राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापाले ७ सय २३ मत, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका आरामकुमार लिम्बुले ४ सय ८५, संघीय नेशनल अर्गनाईजेशनका विश्वमित्र लावतीले ७० र एकीकृत शक्ति नेपालका रमेश राईले ७० मत पाउनु भएको छ ।

त्यस्तै गरि प्रदेश सभा क तर्फ नेकपा एमालेका निरन राईले ९ हजार ७ सय २६, गठबन्धनबाट नेकपा एकीकृत समाजवालीका अर्जुन राईले ५ हजार ८ सय २४, जनता समाजवादीका रकम चेम्जोङ्गले ४ हजार ९ सय ९३ , र संघीय लोकतान्त्रीक मञ्चका मनकुमार राईले ३ सय ७८ मत पाउनु भएको छ ।

प्रदेश सभा ख तर्फ पनि नेकपा एमालेका ईन्द्रमणि पराजुलीले १० हजार ८ सय ८० मत ल्याएर निरन्तर अग्रता कायम राख्नुभएको छ  । गठबन्धनका तर्फबाट नेकपा माओवादीका कुशुम श्रेष्ठले ७ हजार ७ सय ८ मत ल्याएर पच्छयाई रहनुभएको छ ।

त्यसै गरि राष्ट्रिय प्रजातन्त्र पार्टीका श्याम गुरुङ्गले १ हजार २ सय ७५ , जनता समाजवादीका डम्बर कटुवालले ५ सय ७९ , स्वतन्त्र उम्मेदुवार बालानन्द दाहाल ५ सय १४ , राप्रपा नेपालका सोम बहादुर घिसिङ्ग २ सय ८ , र स्वतन्त्र जितेन्द्र राईले १ सय ५८ मत पाउनु भएको छ ।

कुल १ लाख १६ हजार ९ सय ९१ मत मा ६९ हजार ४ सय ९० मत झरेको धनकुटा जिलामा प्रतिनिधि सभामा हालसम्म ४३ हजार ८ सय ९२ मत गणना गरिएकोमा ४२ हजार २ सय १३ मत सदर र १ हजार ६ सय ७९ मत बदर भएका छन् ।

प्रदेश क मा २१ हजार ८ सय ४३ खसेको मत गणना हुँदा २० हजार ९ सय २१ सदर र ९ सय २२ मत बदर भएका छन् ।
त्यस्तै गरि प्रदेश ख मा २२ हजार ० सय ४२ मत गणना गर्दा २१ हजार ३ सय २२ मत सदर र ७ सय ३० मत बदर भएका छन् ।

हालसम्म धनकुटा जिल्लाको ६० वटा वडाहरु मध्ये महालक्ष्मी नगरपालिकाको ९ वटा र चौविसे गाउँपालिकाको ८ वटा , धनकुटा नगरपालिका १० वटा र पाख्रिवास नगरपालिकाको १० वटा वडाहरु गरि ३७ वटा वडाहरुको मत गणना सकिएको छ । बाँकी २३ वटा वडाहरु शहिद भुमि गाउँपालिका , सागुुरीगढि गाउँपालिका र छथर जोरपाटि गाउँपालिकाहरु रहेको छन् ।

अहिले प्रदेश क को सागुरीगढि गापा को वडा नं १ र प्रदेश ख को छ थरजोरपाटी गापा. को वडा नं १ बाट मतगणना जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?