रुकुम पश्चिममा मतपेटिका संकलन सकियो, केहीबेरमा गणना थालिने

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । रुकुम पश्चिमका सबै मतदान केन्द्रका मतपेटिका जिल्ला सदरमुकाम मुसिकोटमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरिएको छ ।

जिल्लाको आठबिसकोट नगरपालिकाका १० वटा मतदान केन्द्रको मतपेटिका सोमबार बेलुका सदरमुकाम ल्याईपुर्याईएसगै सबै मतदान केन्द्रका मतपेटिका संकलन गरिएको हो ।

१३९ मतदान केन्द्र रहेको रुकुम पश्चिममा सोमबार बिहान सम्म १२९ वटा मतदान केन्द्रको मात्र पेटिका आईपुगेका थिए । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले आठबिसकोट नगरपालिकाको वडा नम्वर १ देखि ६ मा रहेका १० वटा मतदान केन्द्रको मतपेटिका सोमबार बेलुका मात्र आईपुगेको जानकारी दिनुभयो ।

भौगोलिक विकटता र सुरक्षा संवेदनशीलताको कारण १० मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याउन ढिलाई भएको हो ।

अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आईपुगेको र रुजु कार्य भैरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना प्रक्रिया लागि केहि बेरमा छलफल गरेर टुंगो लगाइने जनाईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?