रुस र क्युबा सम्बन्ध विस्तारमा जोड

Read Time = 3 mins

मस्को । रुस र क्युबाले आपसमा दुई देशबीचको सम्बन्धको विस्तारका लागि जोड दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र क्युबाको कम्युनिष्ट पार्टी तथा क्युबाली राष्ट्रपतिका प्रथम सचिवबीचको वार्ताका क्रममा सो सहमति भएको समाचारमा जनाइएको छ ।
रुस भ्रमणमा रहनुभएका क्युबाको कम्युनिष्ट पार्टी तथा क्युबाली राष्ट्रपतिका प्रथम सचिव मिगुल दियाज-क्यानेल बर्मुदिजले मंगलबार रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्नुभएको थियो । उहाँहरूका बीचमा भएको वार्तामा दुई देशले आपसको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने विषयमा कुराकानी भएको प्राप्त समाचारमा जनाइएको छ ।

सोभियत युनियन र रुसी नागरिक सधैं क्युबाको पक्षमा रहेका छन् र क्युबाली नागरिकले उनीहरूको स्वतन्त्रता र देशका सार्वभौमिकताका पक्षमा गरेका संघर्षका पक्षमा छन् । पुटिनले सो भेटका क्रममा बताउनुभएको चिनियाँ समाचार समिति, सिन्हृवाले जनाएको छ । मंगलबार मस्कोमा भएको भेटवार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले आगामी दिनमा पनि यो सम्बन्धलाई थप सुमधुर बनाउने भन्दै विभिन्न अन्तर्राष्ट्रिय फोरममा रुसले क्युबाको पक्षमा समर्थन गर्ने जनाउनुभएको पनि सो समाचारमा जनाइएको छ ।

रुसको औपचारिक भ्रमणमा जानुभएका प्रथम सचिव बर्मुदिजले हाल रुसले विश्व राजनीतिमा प्रदर्शन गरेको भूमिकाको समर्थन गर्दै क्युबाको सहयोगका लागि रुसले खेलेको भूमिकाको पनि प्रशंसा गर्नुभएको थियो । उहाँहरू सो भेटवार्ताअघि मस्कोमा आयोजित क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको शालिक अनावरण समारोहमा उपस्थित हुनुभएको थियो । त्यस अवसरमा पूर्वराष्ट्रपति क्यास्ट्रोप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । रासस ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?