बीमा कम्पनीको सिइओ बन्न पुलिस रिपोर्ट चाहिने

Read Time = 4 mins

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा एक प्रतिशतभन्दा हिस्साको सेयरधनी बन्न प्रहरीको रिपोर्ट चाहिने व्यवस्था गरेको छ । प्राधिकरणले जारी गरेको नयाँ निर्देशनअनुसार अब कुनै पनि बीमा कम्पनीको सञ्चालक वा सिइओ बन्न प्रहरी रिपोर्ट अपरिहार्य हुने भएको हो ।

नयाँ व्यवस्थाले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निरुत्साहित गर्न सहयोग गर्ने प्राधिकरणको भनाइ छ । त्यसैगरी बीमा कम्पनीहरूले २५ लाख रुपैयाँभन्दा माथिका बीमालेखका लागि बीमितको हितग्राहीको नाता प्रमाणित हुने कागजात (डिम्याट) समेत बुझाउनुपर्नेछ । आगामी दिनमा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित तालिम संख्या बढाउने पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले जारी गरेको नयाँ निर्देशनअनुसार अब कुनै पनि बीमा कम्पनीको सञ्चालक वा सिइओ बन्न प्रहरी रिपोर्ट अपरिहार्य हुने भएको हो ।

साथै कोरोना बीमाबापतको दाबी भुक्तानी आगामी मंगलबारदेखि हुने भएको छ । लामो समयदेखि भुक्तानी हुन नसकेको कोरोना बीमाको दाबी भुक्तानी मंगलबारबाट गर्न लागिएको बीमा प्राधिकरणले जनाएको छ । नेपाल पुनर्बीमा कम्पनीको रकम नआए पनि दाबी भुक्तानी नरोकिने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार सरकारले दिएको एक अर्ब रुपैयाँमा थप ८१ करोड रुपैयाँ थपेर भुक्तानी गर्न लागिएको हो । नेपाल पुनर्बीमा कम्पनीले भने आफ्नो भागमा परेको रकम अझै उपलब्ध गराएको छैन । कोरोना बीमाबापतको रकम पहिले नै भुक्तान गरिसकेको भन्दै बाँकी रकम तिर्न नसक्ने बताउँदै आएको छ ।

कोरोना बीमाको मापदण्डअनुसार दाबी भुक्तानी दायित्वमा एक अर्बदेखि दुई अर्बसम्म नेपाल पुनर्बीमा कम्पनीमा, एक अर्बसम्म बीमा कम्पनी, तीन अर्ब ५० करोड रुपैयाँसम्म कम्पनीहरूको महाविपत्ति कोषबाट र दुई अर्ब ५० करोडदेखि तीन अर्ब ५० करोडसम्मको दाबी भुक्तानी दायित्व बहन गर्नुपर्नेछ ।

बीमा प्राधिकरणका अनुसार कोरोना बीमामा १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी परेको छ भने हालसम्म बीमा पुलमार्फत् तीन अर्ब ५० करोड रुपैयाँ र बीमा कम्पनीबाट एक अर्ब २८ करोड ८१ लाख ७१ हजार रुपैयाँ गरी चार अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?